eNepal

अमेरिकन आईडलको टाईटल सामले जिते पनि मन चाँही दिवेशले जिते

नेपाली युवा दिवेश पोखरेल उर्फ अर्थर गन अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाविजेता भएका छन् । दिवेश पोखरेलले जित्ने धेरैले अड्कलबाजी गर्दा गर्दै अन्तत: जस्ट साम अमेरिकन आइडल बनिन् भने दिवेश उपविजेता बनेका छन्।

गत फेब्रुवरी १६ २०२० बाट शुरु भएको अमेरिकन आईडलको सिजन १८ को सो रियलिटी शो मा दिवेशले उत्कृष्ट प्रस्तुति दिदै जर्ज, दर्शक सबैको मन जित्दै आएका थिए।उनलाई सामाजिक संजालमा संसारभर बाट अत्यन्त राम्रो समर्थन थियो। उनले गाउने स्टाईलका धेरै फ्यान थिए।

दिवेशले आज सम्पन्न उपाधिका लागि फाइनल राउन्डमा ग्याबिन डिग्राको २००३ मा रिलिज भएको पप गीत ‘आई डोन्ट वान्ट टु बी’ र सन् १९७० मा लोकप्रिय पेण्डुलम एल्बमको ‘ह्याब यु एभर सीन दि रेन’ भन्ने रक गीत गाएका थिए।

कोभिड–१९ को महामारीका कारण अमेरिकन आइडलको फाइनलमा प्रतियोगीहरुले आफ्नै घरबाटै प्रस्तुति दिएका थिए। अमेरिकी आईडलको जजको रुपमा गायिका केटी पेरी, ल्युक ब्रायन,लियोनेल रिची,रायन सिक्रेष्ट र बबी बोन्स रहेका थिए।

गायिका केटी पेरीले पनि उनलाई अमेरिकन आइडलको दावेदार भएको बताइन्।कलंकीका दिवेश आफ्ना आमाबुबा र दिदीहरुसँगै क्यान्ससको उचितामा बस्दै आएका छन्।।

सन् २०१४ मा उच्च माध्यमिक तहको पढाई सकेर अमेरिका गएका उनका एल्बमहरु पनि सार्वजनिक छन्। ‘ग्रहण’ उनको पहिलो एल्बम हो जसलाई सन् २०१७ मा नेपाल आएर रेकर्ड गराएका थिए।

Related posts

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

न्युजिल्यान्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेनको विवाह स्थगित

enepal

न्युजिल्यान्ड सरकार कोभिड रेस्पोन्स टिमको प्रिन्सिपल एडभाइजरमा डा.रमिल अधिकारी नियुक्त

enepal

वरिष्ठ भारतीय गायिका लता मंगेशकरलाई कोरोना संक्रमण, आईसीयूमा भर्ना

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal