eNepal

मेल्बर्नमा छठको तयारी तीब्र, १९ र २० नोभेम्बरमा बिशेष कार्यक्रम हुँदै

नेपाल भरीनै हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी मेल्वर्नमा पनि सुरुवात भएको छ । अस्ट्रेलियन नेपाली बहुसांस्कृतिक केन्द्रले खरिद गरेको डिगर्स रेस्टमा अवस्थित १०० डण्कन्स लेन परिसरमा मधेशी कम्यूनिटि इन भिक्टोरीयाले यो बर्षको छठ पर्व आयोजना गर्ने भएको छ।

दुई चरणमा १९ नोभेम्बर आइतबार दिउँसो ३ देखी ८ बजे सम्म अस्ताउँदो सूर्यलाई पूजा गरेर भोलिपल्ट २० नोभेम्बर सोमबार बिहान ५ बजे देखि ८ बजे सम्म उदाउँदो सूर्यलाई अर्घ दिएर पूजा गर्दै छठ पर्व मनाउने तयारीमा एमसिभी जुटेको छ।

१९ गते सॅाझ ५ देखी ७ बजे सम्म हुने औपचारीक कार्यक्रममा मेम्बर अफ पार्लीयामेन्टका पदाधीकारीहरु , भिक्टोरियाका लागि नेपालका तर्फबाट अबैतानिक महाबाणिजयदुत लगाएत बिभीन्न नेपाली संघ संस्थाका पदाधीकारीहरुको उपस्थिती रहनेछ।

मधेसी कम्यूनिटि इन भिक्टोरीयाको अध्यक्ष डा. सुरेन्द्र रौनियारका अनुसार यसवर्ष छठ पर्वको संयोजकमा गोपाल साह र आर्यान राउत रहेको जानकारी गराउँदै हरेक बर्ष छट पर्वको लोकप्रीयता बढेसँगै छठ पर्व मान्ने र अवलोकन गर्न आउनेको सङ्ख्यापनि बढ्नेमा बिश्वस्त रहेको बताउनु भयो।

https://facebook.com/events/s/chhath-puja-and-celebrations-%E0%A4%9B/690129052834751/

प्रवासमा बसोबास गर्दै गर्दा हामी आफ्नो कला र सँस्कृतीको प्रवर्द्धन र संरक्षण मात्र गरी रहेका छैनौ। यहाँ जन्मेर हुर्किदै गरेका मधेशी नेपाली मूलको भावी अष्ट्रेलियाली पुस्तालाई  हाम्रो संस्कृति र परम्परालाई सफलतापूर्वक हस्तान्तरण गर्ने प्रयासमा लागि परेको जानकारी गराउँदै अध्यक्ष रौनियारले विभिन्न सांस्कृतिक समूहहरूमा आध्यात्मिक मूल्य फैलाउने र विविधताको मूल्यमा एक तह थप्दै अगाडी बढ्ने धारणा राख्नु भयो।

उहाँले बिदेशमा जन्मेका वा हुर्किएका दोश्रो पुस्तालाई यस्ता मौलीकता र मान्याता बोकेका चाढ पर्वको बारे थाहा दिनु नितान्त आवस्यक रहेको भन्दै यो एक बिशेष  समुदायमा मात्र सिमीत नभएर यस्ता पर्वको महत्व र धार्मिक आस्थाको बारेमा अरु समुदायलाई चिनाउनु पनि यस्ता पर्वले प्रमुख भुमीका खेल्ने धारणा राख्नु भयो।

यस बर्ष छठको मुख्य आकर्षणको रुपमा बिभीन्न सांस्कृतिक प्रदर्शन रहेको छ भने १९ गते भण्डाराको व्यबस्था रहेको छ। त्यस्तै बालबालीकाहरुको लागि किड्स जोनको व्यबस्था गरिएको छ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal