eNepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

चितवन क्रिकेट क्लब मेलबर्नले गत शुक्रबार साँझ फायरन्जी गार्डेनभ्यु रिसेप्शन फकनरमा जर्सी रिभल एण्ड मिट एण्ड ग्रीट कार्यक्रम आयोजना गरेको छ। 

कार्यक्रममा  चितवन क्रिकेट क्लबले नेपाली राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतोलाई नेपाली क्रिकेटमा पुर्याएको अमूल्य योगदानको कदरस्वरुप रु १,३३,३३३ नगद सहित सम्मान गरेको थियो ।

क्लबका अध्यक्ष प्रकाश आचार्यले क्लबको भिजन, उद्देश्य र आगामी योजनाका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रमको संचालन क्लबका प्रबन्धक सिद श्रेष्ठले गरेका थिए । उनले न्याभ कप २०२४ को लागि चितवन क्रिकेट क्लब को आगामी टोली घोषणा गरेका थिए। चितवन क्रिकेट क्लबले किशोर महतोको क्याप्टेनसीपमा खेल्नेछ।

कार्यक्रममा क्लबका सञ्चालक सुमन अधिकारी, गोविन्द पाठक, अमृत श्रेष्ठ, न्याभ अध्यक्ष प्रेमराज उप्रेती, भिएनसीए अध्यक्ष सुजित बस्नेत, चितवन समाजका अध्यक्ष विपुल ज्ञवाली, क्लबका सल्लाहकार वासुदेव मरहट्टा, समुदायका अगुवा नेता देवेन्द्र बस्नेतलगायतको सहभागिता रहेको थियो ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal

एएनएमसीले पायो पहिलो पन्डीत, प. नारायण प्रसाद ज्ञवाली पहिलो पन्डित नियुक्त

enepal