eNepal

वरिष्ठ भारतीय गायिका लता मंगेशकरलाई कोरोना संक्रमण, आईसीयूमा भर्ना

वरिष्ठ भारतीय गायिका लता मंगेशकरलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पोजेटिभ रिपोर्ट आएसँगै उनलाई अस्पतालको आईसीयूमा भर्ना गरिएको छ ।

मुम्बईको क्याण्डी अस्पतालमा उपचाररत् लतालाई कोरोनाको सामान्य लक्षण देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । चिकित्सकहरुका अनुसार ९२ वर्षीया लतालाई उमेरसम्बन्धी समस्या पनि भएकाले त्यसको उपचारका लागि अस्पतालमा भर्ना गरिएको हो ।

यसअघि सन् २०१९ मा श्वासप्रश्वासमा समस्या आउँदा लतालाई अस्पताल भर्ना गरिएको थियो ।

लता अस्पतालमा भर्ना भएसँगै प्रशंसक तथा शुभचिन्तकहरुले उनको स्वास्थ्यलाभको कामना गर्दै प्रार्थना गरिरहेका छन् । आफ्नो सात दशकको सांगीतिक करिअरमा उनले विभिन्न भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन् ।

भारतमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर शुरु भएसँगै सेलिब्रटीहरु पनि संक्रमित भइरहेका छन् ।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal