मेल्बोर्न,अस्ट्रेलीया
विश्वनै कोरोना सङ्क्रमणको महामारीबाट गुज्री रहको बेला उच्च शिक्षा हाँसील गर्न मेल्बोर्न आएका रुपेश श्रेष्ठ उर्फ रुप्पीले आफ्नो कलालाई लकडाउन गरेर राख्न चाहेनन्। यहि लक डाउनको समयलाई सदुपयोग गर्दै कुराहरु बोलको र्याप गीत निकालेका छन्।
प्रवासको बिधार्थी जिवन आफैमा गार्हो हुन्छ त्यो माथि लकडाउनले धेरै बिधार्थीहरुको काम गुमेर तनाबको स्थितीबाट गुज्री रहेको समयमा उनले यो गीत गाएर धेरै तनाबमा रहेकाहरु माँझ प्रेरणाको श्रोत बनेर उभीएका छन्।
कुराहरु बोलको गीतलाई रूपेश श्रेष्ठ (RUPIE) र जोसुका द्वारा बनाईएको हो भने साकर शाही र अनीश जंग कार्कीद्वारा यसको भिडियो शूटिंग गरिएको छ। यस गीतको भिडियो कोठामानै क्वारेन्टाईनको अवधिमा बनाईएको छ।

