eNepal

के एउटा साथी छ त???

सुरज लामीछाने, मेल्बर्न

प्रणय दिवस भनेको प्रेमि प्रेमिकाहरुको दिन मात्र होइन।यो एक अर्कालाई माया गर्ने दुई मन भएका मान्छेको सम्झनामा बिताउने दिन हो। बाउ आमा छोरा छोरी दाजु भाई दिदी बहिनीको दिन पनि हो।  प्रणय दिवस धेरै गहिरो भाब बोकेर चुनिएको दिन हो।

बिदेशमा रहँदा लाई सुगम पोखरेलको गानाको याद आउछ

कोही जस्लाई आफ्नो भन्न सक्छु

हृदयका सबै कुरा खुलेर भन्न सक्छु

मेरो दु:खमा रोइ दिने मेरो खुशीमा हासी दिने

सबै भन्दा माथि मेरो एउटा साथी

तर गाना चलचित्रमा भनिएझै सबैमा लागु हुने हो भने संसारमा खुट्टा ताना, भरोसा, झैझगडा आदी इत्यादी शब्दनै पैदा हुने थिएनन् होला। आज ऐना अगाडि बसेर आँफैलाई प्रश्न गर्नुस् मैले यत्रो बिदेश बसाईमा कती साथी कामाए ?कती साथी वा इस्टमित्र मेरो नजिक छँन् ? त्यसले यो नगरेको भएमैले त्यो नगरेको भए भन्ने प्रश्न साँच्चीकै उठ्दा हुन ? समाजको हुलमा बसेर पनि त्यो एउटा साथीको खोजी धेरैले गरेको देख्न पाईन्छ ! यो तपाईंको मात्र काहानी होइन दश पन्द्र बिस बर्ष देखी बिदेशमा बस्ने हरेकको काहानी हो। केटा केटी हुँदाको मित्रता अहिले जवानीमा धेरैले सम्झने गर्छन् किनकी त्यस्ता मित्रतामा मनैबाट रिस हुँदैन थियो। कतीको जवाफमा यो पनि पाउछु किसाला कैले कही लाग्छ गएर कसैले नचिनने ठाउँमा एक्लै आफ्नो परिवारको साथ मात्र बसौं जहाँ अरु कोही नहोस् यस्तरी बिरक्तिन्छ जिन्दगी कहिले काही।

यो सोच जीवनको मोडमा धेरैलाई आउछ।बस् कसैलाई चाडै कसैलाई ढिला। अनी सोचिन्छपैसा होइन पासो परदेशमा। धोका र आत्मग्लानीबाट बाँच्नको लागि राम्रो साथी इस्ट मित्रको मात्र दायरामा बस्नुस्।कम बोल्नुस् धेरै सुन्नुस् यसले तपाईंलाई निचा देखाउँदैन।

साथी प्रेमिका आफन्त नबनाउनुस् भन्न खोजेको होइन बनाउनुस् तर धेरै कम। बाँसको झ्याङ्मा धेरै चरा हुँदा त्यहा हो हल्ला धेरै हगाइ भन्दा केही हुँदैन। अब कसरी बच्ने यस्ता संगतबाट। नजिक हुन खोज्ने मनिस कस्तो हो कसरी थाहा पाउने भन्ने सामान्य सङ्केत

Bitching or Backbiting: आफु सँग भेट्दा अर्काको खोइरो चौबीसै घण्टा खन्छ भने त्यो मान्छेले तिम्रो पनि खोइरो खन्छ टाढा बस्नुस्।

High Expectation: मलाई यो चिज कस्तो मन पर्छ कस्तो ठुलो रहर छ।जन्मत्स्व वा एनीभर्सरी आउँदै थाहा भनेर घुमौरो तरिकाले केही आश गर्छ भने यस्ताबाट टाढा बस्नुस्। किनकी चाहेको कुरा आस गरेर पाएनन् भने तपाईंको गिफ्ट चाहे हप्ताको कमाइ किन नहोस् त्यसको कुनै कदर हुँदैन। टाढा बस्नुस यस्ता सँग।

Regularity: आज मेरोमा भोली तिम्रोमा खाना खाने भेट्ने बच्चा छोड्ने छोडाउनेपालाको पैंचो गर्नु पर्ने सँग धेर समय सम्बन्ध टिक्दैन किन कि असल मित्रता इस्टमित्रता महिनौ अनि बर्षौ नबोलेर नभेटेर पनि सुमधुर बनाउन सकिन्छ।

Jealousy: यार यो गर्दा मलाई फाईदा नै भएन नी तिमिलाई भयो मलाई भएन भनेर ठुस्स पर्ने ढोङिहरु तपाईंको जीवनमा न बसेकै राम्रो। आफ्नो फाईदाको लागि तपाईंकै काँदमा बन्दुक राखेर तपाईंलाई नै गोली चलाऊन पछी पर्दैनन्।यस्ता बन्दुक बमले निम्त्याउने भनेको सम्बन्धमा उजाडता हो जहाँ हरीयाली हुनै सक्दैन।

Unnecessary advantage: फलानु यो गर्दियौ त्यो पनि गर्दीन सक्छौ है? आर यू स्योरभनेर आफ्ना फायदाका लागि मात्र तिमीलाई प्रयोग गर्छन भने यो तपाईं प्रयोगमा आउँदै हुनुहुन्छ। आफ्नो मित्रताको धेरै फायदा उठाउने स्वार्थी हुन्।स्वार्थ सकिए पछी तपाईं त्यसलाई सिंगान पुछेको टालो बराबर।

Visionless Proposals: ब्यापार ब्यवसायसंगै गरौ भनेर प्रस्ताब् ल्याउछ भनेर बचेर बस्नुस। कहिले पनि नगर्नुस्। यसले सम्बन्धमा ढिला चाडो फाटो आउँछ। सके सम्म आफ्नै गर्नुहोस्।सानो गर्नुहोस् मनमा शान्ति हुन्छ।

Demotivation: यस्तो नी  हुन्छ ? सक्दैनस् गर्न यो काम चल्दैन नगर भनेर तपाईंको सोचमा हाँस्छ भने त्यो तपाईं सँग धेरैनै जल्छ भनेरबुझ्नु होस् किनकी असल मित्रले अप्रोत्साहन कहिलै गर्दैन बल्की तपाईंलाई तपाईंको कामको लागि उर्जा प्रधान गर्छ।

Attention Seeker: मैले गर्देको हो नी यो भनेर क्रेडिट सबै आँफै खोज्ने झन् तपाईंको आफ्नो हितैसी हुनै सक्दैन। गहन गर्नु स्त्यस्ता सँग टाढा बस्नुस्।

Unnecessary comparision: संगत गर्दै जादातिम्रो यस्तो रहिछ, मेरो यस्तो मेरोले यस्तो कहिल्यै गर्दैन। तिम्रो सस्तो मेरो अलिक महँगो भन्ने जस्तो कुरा हरु सुन्न थालेमा बेलैमा टाढीनु होस्।यसले तपाईंलाई आँफै प्रती कम्जोर भएको सोचाइ आउनेछ जुन घातक हुन पनि सक्छ।

Over pride: १० मा अर्को वटा जेरो थपेर आफ्नो समान वा अरु कुनै बस्तुको फुर्ती फुई लगाउछँन भने त्यस्ता सम्बन्धलाई धेरै बढावा नदिदा ठीक हुन्छ। हुनेले कहिले देखाउदैन देखाउने सँग आत्मा सन्तुस्टी हुँदैन। भनिन्छ नी लागेको फलको हाङगो सधैं झुकेकै हुन्छ झुक्नुस् फुर्ती नपार्नुस् अली इज्जत धेरै कमाइन्छ।

यी भए सामान्य सङ्केत मान्छे चिन्नका लागि। अरु तपाईंहरुले पनि बिस्लेषण गर्न सक्नु हुन्छ होला।यो हामी बसेको मात्र होइन हरेक समाजको काहानी हो। सम्बन्धहरु यतिकै तुट्दैनन् माथि दिएका हरेक कारणले भूमिका खेल्ने गर्दछन,दुई मत नै छैन। idiots मुभिमा भन्छ नी -“आफु फेल भएको भन्दा दु: साथी पास भएकोमा लागेको छ।जो साँच्चिनै  तपाईंको हारमा खुशी हुन्छ तपाईं वरीपरीनै छन् नियालेर हेर्नै पर्दैन। जो तपाईंको खुशीमा खुशी हुन्छ  त्यस्ता सम्बन्धहरु अन्धकारमा टोर्च बालेर हिरा खोझेझै खोज्नु पर्छ। यो तितो सत्यहो।

कती राख्नु हुन्छ गुचीका बेल्ट ,टिफ्फनिको नेक्लेस ,कती राख्नु हुन्छ लुइ व्हिटोनको ब्यागको फोटो आज valentines Day ,कमेन्टमा आफ्ना हिराहरुलाई tag गर्नुस् भन्नुस् -“ यार तँ साँच्चीकै बहुमुल्य हिरा होस् तँ सुगम पोखरेलको गानामा भएको साथी होस् म गर्बले भन्छु मेरो एउटा साथी

कोही जस्मा भर पर्न सक्छु

आँखा चिम्ली उस्लाई विश्वाश गर्न सक्छु

मेरो गल्तिलाई सच्याइदिने मेरो जितमा रमाइदिने

मेरो एउटा साथी …!!!!!!!

हाप्पी भ्यलेन्टाइन डे ……

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

सोचे जस्तो कहाँ सजिलो छ र विदेश!!!

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal