eNepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

नेपालीहरु महान चाढ वढा दशैँको अवसर पारेर पछिल्लो समय भिक्टोरीया राज्यको मेल्बर्नमा सक्रिए रहेकोको युवाहरुको सन्जाल मेल्वर्ननेपालले दशैं पर्वलाई लक्ष्क्षित गर्दै दशैचिट्ठा कार्यक्रमको नतिजा घोषणा गरेको छ।

मेल्बर्नमा कोभीड आइसोलेसनमा रहेका बिस जना बिधार्थीहरुलाई दशै कोशेली बितरण र नेपालमा रहेको Our Child Protection Foundation Nepal – OCPFN मा रहेका ३० जना अनाथ बालबालिकालाई शैक्षिक, खेलकुद तथा सङ्गीतका केहि सामग्रीहरु बितरण गर्ने उदेश्यका साथ गरिएको दशैचिट्ठामा १२०० भन्दा बढी चिट्ठा बिक्री भएको थियो।

हिजो भर्चुअल माध्यमबाट गरिएको गरिएको चिट्ठा घोषणा कार्यक्रममा पहिलो पुरस्कारबापत खसी र $२५० सिद श्रेष्ठले हात पारे भने दोश्रो पुरस्कारबापत एउटा खसी र $१०० विदुर कटुवालले जिते। त्यस्तै तेश्रो पुरस्कार भाले र $१५० रोशन कार्कीले जितेका छन्।

दशैँ पर्वको अबसर पारेर गरिएको चिठ्ठा कार्यक्रम मार्फत धेरैको मुहारमा खुसी बाढ्न सहयोग गर्नु हुने सबैलाई धन्यबाद दिदै मेल्बर्ननेपालका सँस्थापक अध्यक्ष शैलेश घिमिरेले आगामी कार्यक्रमहरुमा पनि सबैको यस्तै सहयोगको अपेक्षा राखेको बताएका छन्।

Related posts

रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम सम्पन्न

enepal

चितवन क्रिकेट क्लव मेल्बर्नले गर्यो जर्सी रिभील, राष्ट्रिय क्रिकेट खेलाडी किशोर महतो सम्मानीत

enepal

रोयल वेस्टर्न्स क्लबको आयोजनामा तिन दिने रक्तदान कार्यक्रम सफलतापुर्बक सम्पन्न

enepal

१९औं न्याभ कप आयोजना हॅुदै, १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्ने

enepal

मुक्तककार सुशील चालिसेको शब्द रहेको “सररर हावा चल्यो” गीतको म्युजिक भिडियो सार्वजनिक

enepal

यसरी समापन गरियो मेल्बर्नमा छठ पर्व, ७ सय भन्दा बढी श्रध्दालुहरु सहभागी

enepal