eNepal

वाईयातका समाचार लेखेर नेपालमा भएका अभिभावकलाई तनाब नदिउँ

पहिलो कुरो अस्ट्रेलीया आएका बिधार्थी भाई बहिनीहरुले दुई चार महिनाको लागि चाहिने अति आबस्यकिय बस्तुहरुको जोहो गरेरै आएका हुन्छन्। केही नभएको पनि एकदुई हजार बोकेरै आएका हुन्छन्। फेरी आजकालका भाईबहिनी बस्ने टुङ्गो नगरी खासै आएका हुँदैनन्। आफ्नो ब्यबस्था गरेरै आएका हुन्छन्।यहाँ आउने प्राएको कि त आफन्त हुन्छन्, किन त साथी सङ्गी हुन्छन् वा होस्टेलसँग सहकार्य गरेरै आएका हुन्छन्। 

अस्ट्रेलीयामा रहेका बिधार्थीहरुले खान पाएनन्, सुकुम्बासी भए भनेर हावादारी खबर भाईरल बनाएर मनगण्न्ते भ्रामक समाचार बनाउनु भनेको नेपालमा रहेका अभिभावकहरुलाई मानसिक तनाब दिनु मात्र हो। 

फेरी भोकभोकैको स्थितीमा आई हाल्ने हैषियत भएका अभिभाबकहरुले लाखौ खर्च गरेर अस्ट्रेलीया पठाउँदैनन् पनि। गार्हो भएको खण्डमा केही महिना सम्म धान्न सक्ने खर्च पठाउन सक्छन् नै। नसके पनि बोरु फर्केर नेपाल आईज भन्छन् तर भोकै बस्न बाध्य बनाउँदैनन्।

अर्को कुरा अस्ट्रेलीयन सरकारले नेपाल फर्केर गईहाल, हामी राख्दैनौ पनि भनेको छैन। तर यस्तो समाचार बाहिर आउँछ कि बिधार्थीलाई अस्ट्रेलीयाबाट लखेटिदै। अब यस्ता समाचार अभीभावकहरुले पढे भने कस्तो हुन्छ। अस्ट्रेलीयाका प्रमले भनेका थिए अहिलेको बद्लिदो परिस्थीतीमा यदि यहाँ बस्न सकिदैन, खर्चले धान्न गार्हो हुन्छ भने बोरु तिमीहरूको देशमा राहत मिल्छ र पाउन सक्छौ भने जाउ केही समयको लागि। पछि जिवन सामन्य भए पछि आउँदा हुन्छ। अरु देशलेझै हामीले पनि पहिलो प्राथमिकता हाम्रै नागरिकतालाई दिनु पर्छ मात्र भनेका हुन्। अर्को तिर गार्हो भएको अवस्थामा बिधार्थीहरुले पनि सन्चय कोषमा जम्मा भएको रकम चलाउने पाउने छौ भनेर पनि भनेका छन्।

यति मात्रै नभएर नेपालीका लागि खोलिएका बिभीन्न सँघ, सँस्था, समाज लगाएत ब्यक्ति बिषेशहरुले आफुले सकेको राहतका सामाग्री बाँडीनै रहेका छन्। नेपालीको सँचालनमा रहेका रेस्टुरेन्टहरुले निशुल्क खानाको ब्यबस्था गरि रहेका छन्। 

अब कामनै नगर्ने अल्छीका स्वाँठहरु जो काम नगरी नेपालबाटै बा आमालाई दङ्गाएर खान पल्केकाहरुलाई भने सँधै गार्होनै हुन्छ। त्यो अहिले मात्र होईन कोरोना भाईरस नहुँदा पनि थियोनै। कोही हुन्छन् खल्ती रित्तो भईन्जेल सम्म आफ्नो मनखुसी गर्ने अनि खल्तीमा पैसा सकिएपछि बिभीन्न तानाबुना बुन्ने त्यस्तालाई न केही भनेर सम्झाएर लाग्छ। तिनको पिडा सँधै उस्तै हो।बा आमालाई सधैको पिरलो मात्र हुन्।

अब नेपालमा रहेका अभिभाभकहरुले यति चाँही बुझ्नु पर्यो कि छोरी छोरीले पैसो चाँही कमाएर पठाउदैनन् र अब पैसो पठाउलान भनेर आश चाँही नराख्दा राम्रो हुन्छ अलिक समय।कलेज पढेर आफ्नो खर्च चलाए भने त्योनै सबै भन्दा ठुलो उपलब्धी मान्दा हुन्छ। 

चन्द्रमा त दाहिने हुन्छन्, बार्ह बर्षमा खोलो त फर्किन्छ भन्छन् अब कोरोना साम्य भए पछि कमाउन त सबैले कमाई हाल्छन्। पहिला नि कमाएकै हुन्। सबैले धैर्य गरेर कोरोनासँग बच्नुनै अहिले मुख्य बिषय रहेको छ। नेपालमा हुनेले पनि त्यसै अत्तालिएर यता हुनेलाई तनाब नदिउँ र यताको स्थिती पनि त्यस्तो डरलाग्दो छैन। खानै नपाउने, बस्नै नपाउने स्थिती आई सकेको छैन। 

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal