eNepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

सुवास  मिश्र,  तास्मानिया । डेभनपोर्ट 

नेप्लिज कम्युनिटीको आयोजना र नारी निकुञ्ज तास्मानियाको सहकार्यकमा तास्मानियाको उत्तर-पश्चिम भेग डेभनपोर्टमा तीजको  ‘दर खुवाउने’ कार्यक्रम  भब्यरुपमा सम्पन्न भएको छ । ग्लोबल मार्क एजुकेशन तथा भिजाको प्रमुख प्रायोजन रहेको उक्त कार्यक्रममा मेलबर्न तथा होबार्टमा अवस्थित विभिन्न व्यवसायहरुले समेत आर्थिक तथा भौतिक सहयोग गरेका थिए ।

लट्रोव मेमोरियल हलमा गत आइतबार आयोजित उक्त कार्यक्रममा १ सय ८० भन्दा बढी सहभागीहरुको उपस्थिति रहेको थियो । उत्साहित करिव ३० जना युवाहरुको समुह दर बनाउन आफैं अघि सरेका थिए । 

कार्यक्रमको तयारीका लागि खटिएका मध्येका एक विद्यार्थी उत्तम भट्टराईले नेपालको परिवेश स्मरण गर्दै नयाँ साथीभाइहरुसँग चिनजान बढेको र पारिवारिक वातावरण सिर्जना भएको अनुभव सुनाए । हामी संगठित हुने हो भने  सामाजिक कार्यक्रमहरुमा  भान्सा व्यवस्थापन सँगसँगै आवश्यकीय  अन्य व्यवस्थापन सम्बन्धि गतिविधिहरु आफैं गर्न सकिने व्यवस्थापनका सदस्य अनन्त उपाध्यायले विश्वास व्यक्त गरे । 

कार्यक्रमलाइ हौसला र शुभकामना प्रदान गर्न एनआरएनए तास्मानियाका संयोजक राकेश शाक्य, सचिव लोकेन विष्ट,  नारी निकुञ्जका संयोजक प्रनिता राई पन्त लगायतको  समेत सहभागिता रहेको थियो ।

आमन्त्रित सम्पूर्ण सहभागीहरुलाई स्वागत गर्दै कम्युनिटीका सुवास मिश्रले कार्यक्रमको महत्व मनोरन्जन प्रदान गर्नै  मात्र नभई नेपालीपन र भावनालाई प्रगाढ बनाउने तथा एक आपसमा भाइचारा सम्बन्ध स्थापित गराउने  समेत रहेको बताए ।  

कार्यक्रममा तीजको मौलिकता झल्कने गीतहरुमा दिदी बिहिनीहरुले एकल तथा सामुहिक नृत्य प्रस्तुत गरेका थिए । सँगै उनीहरुलाई दाजुभाइहरुले पनि समुहमा नृत्य गर्न साथ दिएका थिए जसले कार्यक्रममा थप रौनकता  छाएको थियो । आयोजकले  नेपाली कला र संस्कृति झल्कने यस्ता  कार्यक्रमहरुमा विशुद् मौलिक नेपाली गीत संगितहरु मात्र बजाउन सकिने र यसको उदाहरण उक्त तीज कार्यक्रम भएको सन्देश  दिन खोजिएको थियो ।  

अन्तमा उपस्थित सम्पूर्णलाइ धन्यवाद दिंदै कम्युनिटीका अगुवा तथा कार्यक्रमका संयोजक चेतन कँडेलले डेभनपोर्ट नेप्लिज कम्युनिटी समुदाय भन्दापनि पारिवारिक वातावरण स्थापित भएको एक उदारहणीय परिवार भएको बताए। 

कार्यक्रमलाई हर्षोल्लासका साथ सम्पन्न गराउन डिजेको भूमिकामा आयोजकको तर्फबाट  बासुदेव सापकोटा (देव)ले समन्वयन गरेका थिए भने कार्यक्रम संचालन आयोजक द्वय छत्र शंकर र उत्तम कँडेलले संयुक्त रुपमा गरेका थिए ।

फोटो सौजन्य : Photo Station

 

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal