eNepal

दिवेश पोखरेल उर्फ आर्थर गन अमेरिकन आईडलको टप बीसमा

काठमाडौंमा जन्मेका दिवेश पोखरेल अमेरिकन आइडलको १८ औं संस्करणमा बब मार्लीको ‘इज दिस लभ’ बोलको गीत गाएर उत्कृष्ठ बीसमा पुग्न सफल भएका छन्।

अरु भन्दा फरक रहेकै कारण उनी अमेरिकन आईडलको उत्कृष्ठ बीसमा पर्न सफल भएको  निर्णायक लियोनेल रिची, केटी पेरू र ल्युक ब्रायनले बताएका थिए। 

नेपाल हुँदै अमेरिकन आईडललाई फलो गरिरहेका आर्थर गनलाई अमेरिका पुग्दा सम्म थाहा थिएन कि उनी एकदिन अमेरिकन आईडल यसरी नाम चम्काउलान् भनेर तर आफ्ना साथीहरुको आग्रहलाई पुरा गर्दै किन एकचोटी कोशिस नगर्ने भन्दै अडिसन दिए। पहिलो अडिसनबाट एकाएक निर्णायकहरुको मन जित्दै आज उत्कृष्ट बीसमा पर्न सफल भएका छन्। 

१९औं शताब्दीका फ्रान्सेली कवि आर्थर रिम्बाउडको कविताबाट प्रभावित भएर आर्थर नाम राखेको बताउने दिवेशलाई धेरैले दिवेश नामले चिने पनि स्टेजको लागि आर्थर अझ सशक्त हुने देखेर उनले आर्थरलाई बढि प्राथमिकतामा राखे र आज यहि नामले संसारमा लोकप्रीय बन्ने दौडमा दौडिएका छन्। 

Photo Source: Courtesy of Fremantle

Related posts

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal

मेल्बर्न निवासी अन्जु अधिकारीको तीजको कोशेली “नाँचौ साथी हो” सार्वजनिक

enepal

A rising star from Galyang: Artist Sundeep K Lohani

enepal

मेल्बर्न निवासी अविनाश न्यौपाने र अस्मिता अधिकारीको आवाजमा ‘तिमी आउने जाने’

enepal