eNepal

मेल्बर्न निवासी अन्जु अधिकारीको तीजको कोशेली “नाँचौ साथी हो” सार्वजनिक

अस्ट्रेलीयाको मेल्बर्नमा बस्दै आएकी अन्जु अधिकारीले हिन्दु नारीहरुको महान चाड हरितालीका तिजको अवसर पारेर तिजको कोशेली “नाँचौ साथी हो” सार्वजनिक गरेकी छन्।

पछिल्लो समय आफ्नो सुरिलो स्वरबाट ख्याति कमाएकी चर्चीत गायिका मेलीना राईले गाएको लोक लयमा आधारित गीत निकै कर्णप्रिय छ भने सङ्गीत थिरज राई खुवासाङले दिएका छन्।गीतमा शव्द अन्जु अधिकारी र अनु पाण्डेको रहेको छ।

मेल्बर्नमै खिचीएको म्युजिक भिडियोको मुख्य कलाकारको भुमिकामा अन्जु स्वमले अभिनय गरेकी छिन भने उनलाई साथ सरिता पौडलले दिएकी छिन्।

गीतको म्युजिक भिडियोको निर्देशन, क्यामरा र सम्पादन सन्जय सिन्च्युरीले गरेका हुन् भने कोरीयोग्राफर सायद श्रेष्ठले गरेका छन्।

लामो समय देखी अस्ट्रेलियाको मेल्बर्न शहरमा बस्दै आयकी अन्जु अधिकारी स्वास्थ्य क्षेत्रमा काम गर्नुका साथै साहित्य र सङ्गीत क्षेत्रमा पनि निकै रूचीकर छिन्।

आफ्नो मातृभूमिलाई छोडेर परदेशी हुनुको पिडा र परदेश पुगेर पनि त्यहाँ हुने बिभीन्न आरोह अवरोह बीचको सङ्घर्षलाई गीतले प्रस्ट पार्न खोजेको छ । आफ्नो देशको कला र संस्कृतिलाई जोगाई राख्नुपर्दछ भन्ने सकारात्मक सोच गीतमा समेटिएको छ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal