प्रधानमन्त्री स्कट मोरिसनले भर्खरै मात्र निम्न कुरामा थप प्रतिबन्ध लगाएको घोषणा गरेका छन्।
शपिंग सेन्टर भित्रको फूड कोर्टमा मात्र टेक अवेको अनुमति दिइएको छ
घर जग्गा लिलामी र खुला घर निरीक्षण
आउटडोर र इनडोर बजारहरू – खाद्य बजारहरू बाहेक
सौन्दर्य थेरापी, टेनिंग, वेक्सिंग, नेल सलुन, मसाज र ट्याटु पार्लरहरू
मनोरंजन पार्क र आर्केडहरू
खेल केन्द्रहरू जसम दुबै इनडोर र आउटडोरहरू पर्छन
समुदाय र मनोरन्जन केन्द्रहरू
पर्सनल ट्रेनीङ दस जनामा सिमीत, सामाजिक दूरी कडाईका साथ लागू गर्न पर्ने
ग्यालरी, संग्रहालय, पुस्तकालय र समुदाय क्रियाकलाप,सामुदायिक क्लबहरू, हल र RSL
वैवाहिक समारोहमा वैवाहिक जोडी देखी बाहेक साक्षी मात्र उपस्थित हुन पर्ने ।(पाँच जना भन्दा बढी हुन नपाउने)
अंतीम संस्कार १० भन्दा बढी व्यक्तिहरू प्रतिबन्ध
कपाल र नाई पसलहरू खोल्न अनुमति दिईएको छ तर सामाजिक दूरी पालना गर्न पर्ने र तीस मिनेट भन्दा बढि बस्न नपाउने
photo source: AAP

