नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अष्ट्रेलियन डलरको विक्री दर ७६ रुपैयाँ १९ पैसा तोकेको छ । यस्तै एक अष्ट्रेलियन डलरको खरीद दर ७५ रुपैयाँ ८० पैसा तोकिएको छ ।
नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज फागुन २० (मार्च ३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ०५ पैसा र बिक्रिदर ११६ रुपैयाँ ६६ पैसा रहेको छ ।
त्यस्तै युरो १ को खरिददर १२८ रुपैयाँ ०८ पैसा र विक्रिदर १२९ रुपैयाँ ४६ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४८ रुपैयाँ ०५ पैसा र बिक्रिदर १४८ रुपैयाँ ८२ पैसा रहेको छ ।

