एजेन्सि, कोरोना भाइरसका कारण विश्वभर बिभिन्न देशमा मानिसको ज्यान जाने र संक्रमण बढ्ने क्रम जारी छ ।अस्ट्रेलियामा पनि कोरोना भाइरसका कारण १ जनाको ज्यान गाएको छ।जापानमा क्वारेन्टाइनमा राखिएको ‘डायमण्ड प्रिन्सेस’ पानी जहाजबाट उद्धार गरिएका ७८ वर्षीय पुरुषकाे उपचारको क्रममा आइतबार बिहान ज्यान गएको अस्ट्रेलिया सरकारले पुष्टि गरेको छ ।
काेराेनाबाट ज्यान गुमाएका ती पुरुषकाे परिचय भने खुलइएकाे छैन । ती पुरुषकाे पर्थमा रहेकाे सर चार्लेस गेर्डनर अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे अधिकारीहरुले बताएका छन् ।
ती पुरुषलाई पत्नीसहित डार्विन क्वारेन्टाइन क्याम्पबाट अस्पताल लगिएकाे थियाे । क्वारेन्टाइन क्याम्पबाट आइसाेलेशनमा पुर्याइएपछि उनकी पत्नीमा पनि काेराेनाकाे सङ्क्रमण देखिएकाे थियाे । मृतककी पत्नीकाे अहिले आइसाेलेशनमा उपचार भइरहेकाे छ ।

