eNepal

प्रथम शेर्पा लोसार कप सिड्नीमा सम्पन्न !!

सागर भुर्तेल, सिड्नी

शेर्पा एसोसिएसन अफ न्यू साउथ वेल्सको आयोजना र एस स्टडी वल्डको सहयोगमा शेर्पा लोसार कप २०२०(महिला तथा पुरुस ३*३) बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । १६ फेब्रुअरी मा सम्पन्न लोसारकप अस्ट्रेलियामा पहिलो पटक भएको हो। नेपालबाट अस्ट्रेलिया आउनेमा धेरै युवाहरु भएको हुनाले उनीहरुलाई संस्थामा आबद्द गराउने मुख्य उद्देश्यक साथ् प्रतियोगिता संचालन गरेको शेर्पा एसोसिएसनका पब्लिक अफिसर दावा शेर्पाले जानकारि दिए ।
हाम्रो स्पोर्ट्सका कोअडिनेटर(कोच) कुङ्गा शेर्पाको बिशेष सहयोगमा कार्यक्रम सम्पन्न भएको पब्लिक अफिसर शेर्पाले जानकारी दिए। सहयोगको लागि कुङ्गा शेर्पालाइ एसोसिएसनले बिशेस धन्यबाद समेत दिएको एसोसिएसनका पब्लिक अफिसर दावा शेर्पाले जानकारि दिए । साथै एसोसिएसनले प्रतियोगी, उपस्थित लगाएत सबैलाई सहयोगकोलागि धन्यबाद दिएको छ।

पुरुस तर्फको ३*३ प्रतियोगितामा टिम शेर्पा ड्रागन लाइ पछि पर्दै टिम ब्लु ले उपाधि हातपार्यो भने महिला तर्फको ३*३ टिम फियोनिक्सलाई पछि पार्दै टिम ब्ल्याक ले उपाधि हातपार्यो।

टिम ब्लु
टिम शेर्पा ड्रागन
टिम ब्ल्याक
टिम फियोनिक्स

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal