eNepal

संयौ अभिभावकको उपस्थितिमा सिड्नीमा अभिभावक वनभोज सम्पन्न !!

सागर भुर्तेल, सिड्नी
नेपालबाट आउनु भएका अभिभावकहरुलाई गैरआवासीय नेपाली संघ अस्ट्रेलिया एनएसडब्लु राज्य परिषद्ले आयोजना गरेको अभिभावक बनभोज कार्यक्रम हिजो २९ फेब्रुअरी शनिबार भव्यताका साथ सम्पन्न भयो । पिकनिकमा ८ सय ५० भन्दा बढी अभिभावकको सहभागिता रहेको एनआरएनए अस्ट्रेलियाका प्रबक्ता नन्द गुरुङले वताए।

बनभोजमा जानका लागि विहानैदेखि सिड्नीका विभिन्न स्थानहरुबाट अभिभावकहरु जम्मा भएका थिए । अभिभावकहरुले वलंगन जाने बाटोमा रहेको नानटेन मन्दिरको दर्शन गर्नुभयो त्यसपछि ”न्यू साउथ वेल्सको नर्थ उलंघनको स्टुअर्ट पार्कमा गएर अभिभावक वृहद् वनभोज कार्यक्रममा परीणत भयो । अभिभावकहरुका लागि योगा कक्षा योग गुरु राजन आचार्य शर्माले सञ्चालन गरे । कसरी हास्न सकिन्छ, खुशीमा के रमाइलो छ भन्ने बारे योग गुरुको प्रवचन धेरैले रुचाएका थिए । योग कक्षा सकिएपछि गैरआवासीय नेपाली संघ अस्ट्रेलिया (एनएसडब्लु राज्य परिषद्) सेक्रेटेरी उषाकिरण बारियाले दोहोरी गीत कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

कार्यक्रममा अभिभावकहरुको स्वास्थ्य जाँचको व्यवस्था पनि गरिएको थियो । खान खाइसकेपछि औपचारिक कार्यक्रम एनआरएनए अस्ट्रेलियाका सचिव दीपक पहारीले सञ्चालन गरेको कार्यक्रममा एनआरएनए एसीसी डिपुटी कोअर्डिनेटर चुन्ना क्षेत्रीले स्वागत मन्तव्य राखेका थिए । विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिलगायत लब्धप्रतिष्ठित व्यक्तित्वको उपस्थिति रहेको कार्यक्रम सफलताकासाथ सम्पन्न भयो।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal