eNepal

गाएक युबराज भुसालले ल्याए लोपउन्मुख खेली गित ‘के पिर पर्यो बैनी ‘ बजारमा भीडियो सहित

सागर भुर्तेल सिड्नी,
सांगीतिक दुनियामा आफ्नो छुट्टै पहिचान बनाएका लोकगायक युवराज भुसालले नेपालको पश्चिमी क्षेत्रमा गाइने खेली दोहोरी गित “के पिर पर्यो बहिनि” ल्याएका छन्।

पछिल्लो समय लोप हुँदै गैरहेको खेली गीत गायक भुसालले त्यसलाई फेरि नयाँ पुस्ताबीच परिचित गराउने उद्देश्यका साथ् गीत ल्याएको बताएका छन्।

गायक भुषालको शव्दसंगित र स्वरमा रहेको गितमा लक्ष्मी न्यौपानेले साथ दिएकी छिन भने संगीत संयोजन बिमलराज क्षेत्रीले गरेका हुन् । म्युजिक भिडियोलाई चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेका हुन् । भिडियोको अभिनयमा भट्टलाई चर्चित नायिका आयुष्मा कार्कीले साथ दिएकी छन् । भिडियोको सम्पादन बिष्णु शर्माले गरेका हुन् ।

पर्वतको बिहादी गाउँपालिका–४ वहाकीमा जन्मिएका भुषालले सोही गाउँमा गितको छाँयाकन गरेका छन्् । बिहादी गाउँपालिकाको पर्यटकिय गन्तव्यलाई क्यामरामा कैद गरिएको छ । गितको छाँयाकन राजेश घिमिरले गरेका छन् । ड्रोन क्यामरावाट कैद गरिएको उक्त दृश्यले बिहादीको पर्यटन क्षेत्रलाई मद्दत पुग्ने विश्वास गरिएको छ ।

२०६४ सालमा ‘तिर्खा पानीको’ भन्ने एल्बमबाट संगीतक्षेत्रमा व्यवसायिक यात्रा शुरु गरेका भुसालले त्यसपछि ‘दिलमा लेखेसी’, ‘मनको धोको मनमै रहेसी’, ‘नरोइ नरोइ बस मेरी सानी’, ‘सरर आयो पर्वतमा मोटर’लगायतका एल्बम बजारमा ल्याइसकेका छन्।

‘संस्कार र संस्कृतिको संरक्षणका लागि लोपोन्मुख खेली दोहोरी गीतको संकलन र प्रबर्दन उद्देश्यले सो एल्बम ल्याएको हुँ’, इनेपाल संग गाएक भुसालले भने।

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal