eNepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशी सबै यात्रुले पूर्ण खोप मात्रा पूरा गरेको खोप कार्ड देखाए पीसीआर नचाहिने भएको छ । खोप कार्ड वा पीसीआर नेगेटिभ भएको प्रमाणपत्र भए क्वारेन्टिन पनि बस्नु नपर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णय सरोकारवाला मन्त्रालयहरुलाई पठाएको छ। निर्णयअनुसार अब हवाई तथा स्थलमार्गबाट यात्रुहरु निर्वाध नेपाल आउन पाउने छन् ।

नेपाल आउँदा यात्रुले खोप लगाएको प्रमाण पत्र पेश गर्नुपर्ने छ । प्रमाणपत्र पेश गर्न नसक्ने यात्रुले यात्रा शुरु गर्नु अगाडि ७२ घण्टाभित्रको परिक्षणको नतिजा नेगेटिभ आएको प्रमाणपत्र देखाएमा समेत नेपाल प्रवेश पाउने भएका छन् ।

यससँगै यात्रा व्यवस्थापन सम्बन्धी यसअघि लागु गरिएका सबै निर्णय खारेज गर्ने निर्णय भएको समेत कार्यालयले जानकारी गराएको छ । हवाई मार्ग वा स्थलमार्ग भई विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुको सम्बन्धमा कोभिड १९ को जोखिम विश्लेषण आवश्यकता अनुसार परीक्षण गर्ने, थप कडाई गर्ने वा नगर्ने निर्णय अब कोभिड १९ संकट व्यवस्थापन केन्द्रबाटै हुने भएको छ ।

नेपालबाट हवाई मार्ग भई अन्य मुलुक जाने यात्रुको लागि गन्तब्य मुलुकको कोभिड १९ स्वास्थ्य प्रोटोकल सम्बन्धमा सम्बन्धित एयरलाइन्सले आफ्ना यात्रुलाई जानकारी गराउनु पर्ने छ । यसको अनुगमन गर्ने जिम्मेवारी भने पर्यटन मन्त्रालयले पाएको छ ।

निर्णय अनुसार युक्रेन द्वन्द्वका कारण स्वदेश फर्कने नेपालीलाई विमानस्थलमा प्राथमिकताका साथ सहजीकरण गरिने भएको छ । पीसीआर परीक्षण नभएका वा सीसीएमसी फारम नभरेको र खोप समेत नलगाएको भए पनि उनीहरुलाई छुट्टै स्वास्थ्य कक्ष स्थापना गरि सहजिकरण गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको हो ।

उनीहरुको एन्टिजेन परीक्षण गरी यात्रुलाई होम क्वारेन्टिन पठाउने र पोजेटिभ आएका यात्रुलाई संस्थागत आइसोलेसनमा पठाउने निर्णय समेत भएको हो ।

मन्त्रिपरिषद् बैठकले चैत मसान्तभित्र १२ वर्ष माथिका सबै नागरिकलाई पूर्ण मात्रामा खोप लगाउने निर्णय समेत गरेको छ । ५ वर्षदेखि ११ वर्षदेखि उमेर समूहका बालबालिकालाई खोप लगाउन स्थानीय तहमार्फत सूची तयार गर्ने र चैत मसान्तभित्र पहिलो डोज लगाइसक्ने निर्णय समेत बैठकले गरेको छ ।

Related posts

एनआरएनए भिक्टोरियाको अध्यक्षमा मणिरत्न सापकोटाको उम्मेद्वारी

enepal

लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज प्रोग्राममा रोयल वेस्टर्न्स क्लबले पायो यस्तो सफलता

enepal

एएनएमसीको वार्षीक साधारण सभा आउँदो आईतबार, गएको दुई बर्षमा भए यस्ता उदाहरणीय काम

enepal

आउँदो ४ सेप्टेम्बरका दिन मेल्बर्नमा गौरा पर्व मनाइदै

enepal

सुरु भयो धमाका २०७९ अष्ट्रेलिया टूर, सात शहरमा कार्यक्रम हुँदै

enepal

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal