eNepal

अभिनेता विपिन कार्की अभिनीत सेल्फी किङ् मेल्बोर्नमा प्रदर्शन हुँदै

अभिनेता विपिन कार्कीलाई किङ्ग अवतारमा प्रस्तुत गरिएको फिल्म सेल्फी किङ् मेल्बोर्नमा प्रदर्शन हुने भएको छ। मेल्बोर्नको सही हो ईभेन्ट्सले मेल्बोर्नमा यस चलचीत्रको प्रदर्शनको जिम्मेवारी लिएको छ। आगामी ९ फ्रेबुअरी साँझ आठ बजे मेल्बोर्नको चाईना टाउन सिनेमा हलमा यो चलचीत्रको प्रथम प्रदर्शन हुने तय भएको छ। 

सेल्फी किङ्मा बिपीन कार्कीको फरक अवतार देखिदैछ। हरेक फिल्ममा केही नौलो र फरक च्यालेञ्जिङ्ग क्यारेक्टरमा प्रस्तुत हुन् रुचाउने विपिनलाई यस चलचीत्रमा कमेडियनको रुपमा देख्न सकिन्छ। ड्रामा र कमेडी जनरामा बनेको सेल्फि किङ्गलाई गत वर्षको सफल फिल्म ‘प्रसाद’ का निर्माता सुभाष थापा र निर्देशक दिनेश राउतले संयुक्त रुपमा निर्माण गरेका हुन् भने बिशाल सापकोटाले निर्देशन गरेका हुन् ।

शिर्ष भूमिकामा विपिनको अभिनय रहेको छ भने विपिनसंगै फिल्ममा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय देख्न सकिन्छ।

https://www.facebook.com/100000173702411/posts/3268398863175872/?d=n

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal