eNepal

अस्ट्रेलीयन नेप्लिज सिनीयर सिटीजन सोसाईटीले एकदिने फाएर सेफ्टी तालिम दिदै

अहिले अस्ट्रेलीया बुस फाएरको चपेटामा परेको छ। अहिलेसम्म नै नभएको ठूलो आगलागीको घटनामा परेर कम्तीमा २८ जनाको मृत्यु भइसकेको छ भने लाखौँ जनावर जलेर मरेका छन् । 

आगोबाट कसरी बच्न सकिन्छ, बच्नलाई के कस्ता साबधानी अप्नाउनु पर्छ यो जान्न नितान्त जरुरी रहेको छ। यसैलाई मध्य नजर गर्दै अस्ट्रेलीयन नेप्लिज सिनीयर सिटीजन सोसाईटी र मेट्रोपोलीटन फाईर एण्ड एमर्जेन्सी सर्भिस बोर्डले संयुक्त रुपमा  नेपालबाट अस्ट्रेलियामा भिजिटिङ प्यारेन्टको रुपमा आउनुभएका सम्पुर्ण बुबा आमा दाजुभाईहरुलाई लक्षित गरि यहि आउदो शनिबार (१८ जनवरी २०२०) फाएर सुरक्षा सम्बन्धी जानकारी मुलक तालिम आयोजना गर्ने भएको छ। 

नियमित गरिदै आएको शारिरीक व्यायामबाट शुरु भएर करिब डेढ घण्टा आगोबाट बच्ने तालिम दिने आयोजकले जनाएको छ।

मेट्रोपोलीटन फाईर एण्ड एमर्जेन्सी सर्भिस बोर्डका प्रतीनिधी रोड क्रोलीङबाट दिईने तालिम 11 Cromwell St Glenroy मा बिहान १०:३० देखी १२ बजे सम्म हुनेछ। सो सम्बन्धी बृस्तृत जानकारीको लागी रिता पन्त: 0402372782  र सुजाता श्रेष्ठलाई: 0416500075 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal