eNepal

अष्ट्रेलियामा बुस फायर पीडितको सहयोगार्थ योग शिविर सम्पन्न

“अष्ट्रेलियाको लागी म योग-ध्यान गर्छु “भन्ने नाराको साथ हिजो १२ जनवरी आइतबारका दिन अष्ट्रेलियाको भिक्टाेरिया राज्य अन्तर्गत मेल्बर्न शहरको ,लेलोर हस्किसन पार्कमा योगी मधुसुदन भेटुवलद्वारा एक दिवशिय  योगबिज्ञान शिबिर सम्पन्न भएकोे छ। अष्ट्रेलियामा जारी आगलागी (बुसफायर) नियन्त्रण र पीडितहरुको सहयोगको लागी योग बिज्ञान शिविर आयोजना गरिएको थियो। मानसिक र शारीरिक स्वस्थ रही भौतिक प्रगति र आध्यात्मिक उन्नती गर्दै सेवाको भावना जगाउन योगमा जोडिन आवस्यक रहेको र ब्राह्मणको शृस्टिसँगै योग पनि बिक्षित भएकोे योगी मधुसुदनको भनाइ थियो।

योग शिविरमा नौ सय अस्ट्रेलियन डलर संकलन भएकोे र बैंक मार्फत छ सय गरी हाल सम्म अस्ट्रेलियन पन्ध्र सय डलर संकलन  भई सकेको र बैंकमार्फत सहयोग उठ्ने क्रम जारी रहेको छ। केही दिन पछि उक्त संकलित सहयोग रकम कन्ट्री फायर अथोरिटी (CFA) लाई हस्तान्तरण गरिने छ।साथी अष्ट्रेलिया र नेप्लिज नेवरहुड कम्युनिटीको सहकर्यमा सामाजीक अभियन्ता तथा योगभ्यसि रोशनि श्रेष्ठ र अर्की सामाजिक अभियन्ता एवम् नेप्लिज नेवरहुड कमिनिटीकी संयोजक अमृता गुरुङको  पहलमा उक्त योगबिज्ञान शिविर सम्पन्न भएकोे थियो। शिविरको मुख्य उद्देश्य आगलागी पीडित (बुस फायर)  हरुको सहयोगार्थ आर्थिक संकलन रहेको थियो। शिविरमा अष्ट्रेलियालाइ कर्मथलो बनाएर बस्नु भएका तथा अष्ट्रेलिया घुम्न आउनु भएका हरुको उलेख्य सहभागीता रहेको थियो।

 नेपाल र अष्ट्रेलियाको राष्ट्रिय गान गाएर शिविर शुरु भएकोे थियो। अष्ट्रेलियामा स्थाइ बसोवास गर्दै आएका र अष्ट्रेलिया घुम्न आएकाहरुलाई लक्षित गरी आयोजना गरिएको योग शिविरमा युवा पुस्ता देखी बुवाआमाहरु सवैको उत्साहका साथ उल्लेख्य सहभागिता थियो। शिविरमा सहभागीहरु उत्साहका साथ  योगअभ्यासमा मस्त रहेका थिए।

 योगी मधुसुदनले योग व्याख्या विवेचना गर्ने विषय नभई नितान्त यो अभ्यास द्वारा अनुभवको बिषय रहेको बाताउनु भयो ।

 

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal