नेप्लिज नेबर्हुड कम्मुनिटीको आयोजना मा अङ्रेजी नयाँ बर्ष २०२० को अवसरमा मेल्बर्न को थोमस्टाउनमा हालै पिक्निक कार्यक्रम सम्पन्न भएको छ । ऊक्त कार्यक्रममा प्रेस्टन बालचौतारी सहितका ३०० भन्दा बढि नेपालीहरु आफ्नो परिवार सहित उपस्थित हुनु भएको थियो। कार्यक्रम मा शुभकामना आदन प्रदान गरिनु का साथै अन्य बिबिध क्रियाकलाप हरु पनि भएका थिए।
मेल्बर्नमा बन्न लागेको नेपाली सामुदायिक भवनको लागि करिब ५ जना नंया सदस्यहरु पनि थपिए। यसरी सदस्यता लिएर आर्थिक सहयोग गर्नेहरुमा दिपक कंडेल्, दिपक खड्का, राजन हुमागाई, अम्रिता गुरुङ र प्रकाश पौडेल हुनुहुन्छ। संस्थाका सल्लाहकार् आत्मा रिजाल द्वारा संचालित उक्त कार्यक्रम मा नेपाली सामुदायिक भवन निर्माणका अद्क्ष डा चन्द्र पोख्रेल्, नेप्लिज नेबर्हुड कम्मुनिटीका सभापती पिताम्बर कोइरला र उप सभापति अमृता गुरुङले आफ्नो बिचार राख्नु भएको थियो ।
सभापती पिताम्बर कोइरालाले एनएनसिआई को स्थापना, बर्तमान र आगमी कार्यक्रम को बारेमा प्रकाश पार्नु भएको थियो भने उप-सभापति अमृता गुरुङले नेपाल बाट घुम्न आउनु भएका आमाबुवाहरुको लागि भैरहेको कार्यक्रम र आउने दिनका अन्य नँया प्रोग्राम का बारेमा बताउनु भएको थियो। साथै एनआरएनए भिक्टोरियाका सभापती प्रेम कंडेल तथा न्याभका अध्यक्ष तारा गैरेले पनि आफ्नो मन्तब्य राख्नु भएको थियो। कार्यक्रममा चर्चित लोक दोहरी गायक पुरुशोत्तम नेउपानेको उपस्थितिले दोहरी र लोक गीतको बेग्लै रमाइलो वातावरण बनेको थियो भने पूजा गुरुङले जुम्बा डान्स गराएकी थीईन । साथ साथै देउसी, भैलो र तिजको कार्यक्रममा सहयोग गर्ने कलाकारहरुलाई उक्त अवसरमा सम्मान पनि गरिएको थियो।

