eNepal

पुरुषको तुलनामा महिलालाई किन धेरै लाग्छ रक्सी ?

मदिराजन्य पदार्थ सेवनले स्वास्थ्यमा नकारात्मक असर गर्छ । तर यो थाहा हुँदा हुँदै पनि मानिसहरु मदिरा सेवन गरिरहेका हुन्छन् । कहिले रमाइलो गर्ने बहानामा त कहिले पीडा भुलाउने बहानामा मानिसहरुले मदिरा सेवन गरिरहेकै हुन्छन् । कतिपयले त अर्काको लहैलहैमा लागेर पनि मदिरा सेवन गरिरहका हुन्छन् ।के महिला, के पुरुष अधिकांस मानिसहरु मदिराको लतमा फसेका छन् । महिलाको तुलनामा पुरुषले धेरै रक्सी पिउने संसारभरी मान्यता छ । एक अनुमान अनुसार महिलाको भन्दा पुरुषले दोब्बर रक्सी पिउँछन् ।

तर अब यी भनाई पुराना हुँदैछन् किनभने सन् १९९१ देखि २००० बीचमा जन्मेका महिलाले आफ्ना पुरुष साथीले जत्तिकै रक्सी पिइरहेका छन् ।

यसको नकारात्मक असर देखिन सुरु भइसकेको छ । अमेरिकी सरकारी आँकडाका अनुसार सन् २००० देखि २०१५ को बीचमा ४५ देखि ६४ वर्षका महिलाको सिरोसिसका कारण मृत्युको संख्यामा ५७ प्रतिशतको वृद्धि भएको छ । भने सिरोसिसका कारण मर्ने पुरुषको संख्या २१ प्रतिशत रहेको छ ।

यस्तै २५ देखि ४४ वर्ष उमेरका महिलाको सिरोसिसका कारण मृत्युको संख्यामा १८ प्रतिशतको वृद्धि देखिएको छ, भने सिरोसिसका कारण मत्यु हुने पुरुषको संख्यामा १० प्रतिशतको कमी देखिएको छ ।

तर समस्या यतिमात्र होइन कि महिलाले धेरै रक्सी पिइरहेका छन्, वास्तविकता यो हो कि महिलामाथि रक्सीको असर पुरुषको तुलनामा भिन्न तरिकाले भइरहेको छ ।

वैज्ञानिकका अनुसार महिलाको शरिरबाट निकै सिमित मात्रामा अल्कोहल डिहाइड्रोगेनेज (एडीएच) इन्जाइम निस्कने गर्छ । कलेजोबाट निस्कने यो इन्जाइमले शरिरमा अल्कोहललाई तोड्ने काम गर्छ ।

हार्वर्ड मेडिकल स्कूलमा मनोविज्ञानका प्राध्यापक र मेकलिन हस्पिटल म्यासाच्यूटएसमा एडिक्शन साइकोलोजिस्ट डन सुगरम्यान भन्छन्, ‘महिलामाथि रक्सीको असर धेरै हुने भएकाले रक्सी पिउने महिलालाई पुरुषको तुलनामा धेरै समस्या हुन्छ ।’

जो महिला धेरै रक्सी पिउँछन् उनीहरुमा पुरुषको तुलनामा रक्सीको लत र मेडिकल समस्या धेरै हुन्छ । यसलाई टेलिस्कोपिङ भनिन्छ – अर्थात् महिला पुरुषको तुलनामा निकै ढिला रक्सी पिउन सुरु गर्छन् तर चाँडै नै त्यसको आदी बन्ने गर्छन् ।

यतिमात्र होइन, महिलामा कलेजो र मुटु रोगसम्बन्धि रोगको आशंका पनि धेरै हुने गर्छ ।

पुरुषको तुलनामा रक्सीले महिलालाई पुर्याउने असरबारे एक दशक अघिसम्म त्यति जानकारी उपलब्ध थिएन किनभने यस्ता अध्ययन रक्सी पिउने पुरुषमाथि मात्र गरिन्थ्यो ।

सन् १९९० मा जब अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थले क्लिनिकल रिसर्चमा महिलालाई समावेश गर्न सुरु गरेपछि स्थितीमा परिवर्तन आएको हो । एजेन्सी

Related posts

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal

मेल्बर्न निवासी अन्जु अधिकारीको तीजको कोशेली “नाँचौ साथी हो” सार्वजनिक

enepal

A rising star from Galyang: Artist Sundeep K Lohani

enepal

मेल्बर्न निवासी अविनाश न्यौपाने र अस्मिता अधिकारीको आवाजमा ‘तिमी आउने जाने’

enepal