दुई दशक अगाडी सुदीन पोखरेल र उसको ग्रुप द युनिटीले नेपालको हिपहप सङगीतमा तरङग फैलायो।गिरीस खतिवडासँग मिलेर म यस्तो छु अनि प्रनील तिमील्सिनासँग मिलेर आँखा भरी हुँदै असिफ शाह र अमित यानिकी एड्रेसँग मिलेर पहिलो मायाँ जस्ता हिट नम्बर दिएका सुदिन पोखरेल सात बर्षको अन्तराल पछि फेरी उही जोशका साथ जोश लिएर आएका छन्।
सुदीन पोखरेल आफैको स्वर, शव्द र कम्पोजीसनमा रहेको जोशलाई मिस्टा चाम्लिङले मिक्सिङ गरेका हुन्।राज रानाले निर्देशन गरेका जोशलाई सिद्धार्थ लामिछाने स्टुडियो सिड्नीमा रेकर्ड गरिएको हो।

