मेल्बोर्नलाई आफ्नो कर्मभुमी बनाउँदै प्रवासको सङ्घर्षपुर्ण जिवनशैलीबाट बाँचेको थोरै फुर्सदलाई सदुपयोग गर्दै नेपाली गीत र सङ्गीतमा निरन्तर लागि परेका युजेके यानिकी उज्ज्वल घिमिरेले हिन्दुहरुको महान चाढ बढा दशैंको सङ्घारमा आमालाई सम्झना गर्दै मर्मस्पर्षी गीत “यसपाली दशैंमा आमा” आफ्नो अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक गरेका छन्।
परदेशी जिवन अनि बर्ष दिनमा आउने महान चाडबाढ। समयको पावन्धी, बाध्यता अनि बिवशता।मनले चाहेर पनि आमाको काखमा गएर बेदनाका कुरा साट्न बर्षौ देखि प्रयास गर्दा गर्दै पनि जान नमिलेपछि यसपाली चाहि आउँछु है दशैंमा भन्दै आमालाई साहानुभुती दिदै सो गीत गाईएको छ।
यसपाली दशैंमा आमामा स्वर र कम्पोज युजेकेको रहेको छ भने शव्द युजेके र कमलको छ। BeatsbyHype को प्रोडक्सनमा रेकर्डीङ ईन्जिनीयर मिस्टा चाम्लीङको मेक मनीरेकर्ड स्टुडीयोमा गीत रेकोर्ड गरिएको हो। यस गीतको सम्पादन, भिएफएक्स र डिरेक्सन मन्त्र स्टुडीयोमा गरिएको छ।

