मेल्बोर्न बस्दै आएका र्यापर सागर कुँवरले जिवनसँग हार नमानी सङ्घर्षसँग आत्मासाथ गर्ने हिम्मत आजको युवामा हुन जरुरत छ भन्दै निराशा र डिप्रेसनमा कदापी जान हुँदैन भन्ने सन्देशका साथ अध्याँरो रात बोलको गीत ल्याएका छन्।प्रबासको बिधार्थी जिवन आफैमा सङ्घर्षपुर्ण त छँदैछ त्यसको अलाबा आफु भित्रको रुचीको बिषयलाई सँगै लैजादै यो गीत ल्याएका हुन्।
मेकमनि रेकर्ड्सको प्रस्तुती रहेको अँध्यारो रातलाई सागर आफैले लेखेका हुन् भने अभिनय पनि सागर आफैले गरेका छन् । गीतलाइ मिक्सिंग र मास्टरिङ्ग भने एके जी ले गरेका हुन् ।

