मेल्बोर्नको नेपाली समुदाय बिच चिरपरिचित डाँफे हेयर एण्ड ब्युटी सैलोनले बिगतका बर्षहरुमा जस्तै यो बर्ष पनि तीज मेला २०१९ आयोजना गर्ने भएको छ। सम्भवतः यो बर्षको मेल्बोर्नको अन्तीम तीज कार्यक्रम पनि यहि हुन सक्छ। थोनबरी थिएटरमा हुने यो कार्यक्रममा निशुल्क प्रवेशको ब्यबस्था छ भने डिजे, फेशन र नन स्टप डान्स पनि रहेका छन्।


