हरेक बर्ष हिन्दु नारीहरुको महान चाड हरितालीका तीजलाई लक्ष्क्षित पारेर मेल्बोर्नमा रहेको दिदी बहिनी समाज भिक्टोरीयाले आयोजना गर्दै आएको सिग्नेचर कार्यक्रम तीज पर्व बिशेष आझ हुँदैछ। तीज मनाउँ, सँस्कृती जोगाउँ, आशा जगाऔ भन्ने मूल नारा सहित प्रेस्टोन टाउन हलमा अपरान्ह पाँचबजेबाट शुरु हुने यस बिशेष कार्यक्रममा पछिल्लो समयका दुई लोकप्रीय कलाकार टिका प्रसाइँ र सन्झिव पराजुलीले मिठा गीतहरु प्रस्तुत गर्ने भएका छन्।
प्रवेश शुल्क १५$ राखिएका यस कार्यक्रममा बच्चाहरुका लागि बाल ईन्टर्टेनिङ कर्नर, सारी र गरगहनाको स्टल अनि खानाको स्टल पनि रहने छन्। त्यस्तै आमा र छोरीहरुको नृत्य मुख्य आकर्षणको रुपमा रहेको छ।
अरु आकर्षणमा मिस नेपाल Earth २०११ अनुपमा औरा गुरुङ, ब्युटी क्विन्स मिस अस्ट्रेलीया युनीभर्सल २०१७ सोमाईए कोदाईभर, मिस टर्की ग्लोभ २०१८ अर्जुम क्याग्लायान्से, मिस ओसनीया पेसीफीक २०१८ आनन्य चक्रवर्ती, मिस साउथ एसीया युनीभर्सल हिमा हिमानी, मिस कोरल सि ग्लोव २०१८ एलोसी ग्रेस लगाएतले सहभागीता जनाउने भएका छन्।
यस कार्यक्रमबाट उठेको संकलित रकम नेपालमा हिंसा पिडित महिला तथा बालिकाको सहयोगको लागि प्रयोग हुनेछ ।


