पछिल्लो समयको चर्चीत गीत सालको पातको टपरी हुनी, डाँडै फुर्के सल्लो, जिम्माल बाको आगनी मा, म पनि त के राम्रो होर , कालीले मन पराई दिई केहोर मलाई देखेर लगायत हजारौ लोक तथा तीज गीत गाइसकेका कुशल अनि चर्चित गायक कुलेन्द्र बिक त्यस्तै अहिले चर्चाको शिखरमा पुगेकी मोडेल अन्जली अधिकारीका साथमा जुना श्रीस र पूर्ण कला बिसीको बेजोड प्रस्तुतीको साथमा ३१ अगस्टमा मेल्बोर्न तीज मेला आयोजना हुने भएको छ।
मेलबोर्नको 43 Melville road Estonion house मा आयोजना हुने सो कार्यक्रमामा निशुल्क प्रबेशको जानकारी आयोजक ईनाक्शी ईन्टर्टेन्मेन्टले जनाएको छ।
बिशेष आकर्षणको रुपमा मेल्बोर्नको नेपस नृत्य समुहको नृत्य रहेको छ भने शुरुमा आउने ३०० जनालाई निशुल्क पेयको ब्यबस्था गरिएको छ। त्यस्तै तिन भाग्यशाली दर्शकलाई सारी / लेंघा/ लेडिस सुटको ब्यबस्था पनि आयोजकले गरेको जानकारी दिएको छ।

