धागो अर्थात् बन्धन, पवित्रता र सुरक्षाको बन्धनको रुपमा मनाईने जनै पुर्णीमा यो बर्षपनि मेल्बोर्नमा मनाईने भएको छ। CASEY Nepalese Samaj र NASEM ले सँयुक्त रुपमा आयोजना गर्न लागेको जनै पुर्णीमा र रक्षा बन्धन कार्यक्रम १५ अगस्त जनै पुर्णीमाको दिन 28-30 Coomoora road, Springvale road, South मा हुने भएको छ। थप जानकारीको लागि तल पोस्टरमा दिएको नम्बरमा सम्पर्क गर्न सक्नु हुनेछ।

यसै दिन दिदीवहिनीहरुले आफ्ना दाजू-भाइका दाहिने हातका नाडिमा दिर्घायू र सफलताको कामना गर्दै रङ्गीचङ्गी धागो र फुल जोडिएको राखी लगाई दिने चलन चल्दै आएको छ । नेपालको तराई क्षेत्र लगायत भारत, बङ्गलादेश लगायतका देशहरूमा राखीको चलन र यस चाडको महत्व एकदमै बढि रहेको छ ।

