eNepal

गुल्मी समाज भिक्टोरीयाले तीज कार्यक्रम गर्दै

गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाको आयोजनामा अष्ट्रेलियाको मेल्वर्न शहरमा तीज कार्यक्रम आयोजना हुने भएको छ ।

आउँदो २६ अगस्ट अष्ट्रेलियाको मेल्वर्न शहरमा हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा तीज कार्यक्रमको आयोजना गरिएको गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाका अध्यक्ष गान्धीप्रसाद भट्टराईले जानकारी दिनु भएको छ ।

बिगतका केही बर्षदेखी नेपाली कला संस्कृतिको संरक्षण र प्रर्वद्धन गर्दै बिदेशमै हुर्किदै गरेका दोश्रो पुस्तालाई हाम्रा मौलिक कला संस्कृति चिनाउने र हस्तान्तरण गर्ने उदेश्यका साथ सो कार्यक्रम गर्न लागिएको बताउनु भयो।

हाल रोजगारीको शिलशिलामा अष्ट्रेलियाका विभिन्न शहरहरुमा छरिएर रहेका नेपालीहरु एवं गुल्मेलीहरुलाई उक्त तीज कार्यक्रममा सहभागि हुनको लागि गुल्मी समाज भिक्टोरिया अष्ट्रेलियाले आग्रह गरेको छ ।

३५० जना अट्न सक्ने पाल्म रेस्टुरेन्ट, 213-215 Blackburn Road, MountWaverly, Victoria, 3149 मा यो कार्यक्रम हुने तय भएको छ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal