eNepal

नेप्लिज डान्स कम्पिटीसन अस्ट्रेलियामा मेल्बोर्नबाट पाँच एकल सहित बार्ह नृत्यहरु सहभागी हुँदै

नेप्लिज एसोसियसन अफ क्विन्सलैण्डको प्रस्तुती, एनआरएनएको सहकार्यमा आगामी २८ र २९ सेप्टेम्बरमा आयोजना हुन लागेको पाँचौ न्युजिलैण्ड अस्ट्रेलीया नेप्लिज डान्स कम्पिटीसनमा भिक्टोरीयाबाट पाँच एकल, पाँच युगल र दुई समुह गरि बार्ह नृत्यहरु सहभागी हुँदैछन्।

भिक्टोरीयाबाट सहभागी हुने एकल नृत्यमा एन्जीला चाँपागाई, वर्षा पुन, जेनी गुरुङ, शायद श्रेष्ठ र सुमन गुरुङ रहेका छन् भने युगल जोडीमा एन्जीला चाँपागाई र प्रेरणा खड्का, वर्षा भण्डारी र नताषा थापा, वर्षा पुन र सुमन गुरुङ, शायद श्रेष्ठ र रचना श्रेष्ठ अनि उडेन शेर्पा र सुप्रिया लामाको जोडी रहेको छ। समुहगत नृत्यमा शायद श्रेष्ठ,रचना श्रेष्ठ, वर्षा भण्डारी, नताषा थापा र एन्जीला चाँपागाईको समुह र उडेन शेर्पा, सुप्रिया लामा, वर्षा पुन र प्रबिसा श्रेष्ठको समुह छनोटमा परेका छन्।

QUT Gardens Theatreमा आगामी २८ र २९ सेप्टेम्बरमा हुने कार्यक्रमको लागि ब्रिस्बेनका सहभागीहरुको प्रत्यक्ष अडिसन लिएको थियो भने अन्य स्टेटबाट श्रव्यदृश्य अडिसन मार्फत छनौट गरिएको थियो। 

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal