हिन्दु नारीहरु महान चाढ हरितालिका तीजको अबसर पारेर हरेक बर्ष नेप्लिज एशोसीयसन अफ भिक्टोरिया न्याभले गर्दै आएको तीजको कार्यक्रम यो बर्ष ३१ अगस्ट शनिबार अपरान्ह ४ देखी राती ११ बजे सम्म कोबर्ग टाउन हलमा आयोजना हुने भएको छ।
निशुल्क प्रबेशको व्यबस्था गरिएको मेघा तीज साँझमा नेपालबाट अतिथि कलाकारका रूपमा बहुचर्चित र पछिल्लो समयकी ब्यस्त गायिका जानकी तारमी मगरको साथमा नव उदयमान कोकिल स्वरकी धनी आशा पुनले साथ दिने भएकी छिन्।स्थानिय कलाकारहरुको प्रस्तुतीका साथसाथै उत्कृष्ठ पहिरन, दर्शकबाट उत्कृष्ठ गायन छनोट लगाएत तीज क्विनको छनोट पनि सो कार्यक्रममा हुने भएको छ।


