गएको आईतबार ईनेपालको टोली मेल्बोर्नको ग्लेनरोयमा हुँदै गरेको Nepalese Neighbourhood Community Group ले Australian Multicultural Community Services सँग मिलेर आयोजना गरेको एक कार्यक्रममा पुगेको थियो। सो कार्यक्रम हरेक आईतबार आयोजना हुँदै रहेछ। नेपालबाट आउनु भएका अभिवावकहरुलाई योगा, कसरत लगाएत सामान्य बोल्न सक्ने अङ्ग्रेजी भाषाको तालीम दिईनका साथ साथै अन्य विवीध कुराहरुको बारे जानकारी दिईएको पाईयो।अभिवावकहरुको उपस्थिती पनि बाक्लो रहेको थियो। सबै अभिवावकहरुमा केही सिकौ केही बुझौ भन्ने जोश र उत्सुकता रहेको मज्जाले झुल्केको थियो। हाललाई यो कार्यक्रम ग्लेनरोय र ईपिङ – लालोरमा संचालन भई रहेको छ। यस कार्यक्रमलाई अस्ट्रेलीयन नेप्लिज सिनीयर सिटीजन सोसाईटी भिक्टोरीया र मोर्ल्याण्डका सिनीयर सिटीजनहरु लगाएत दिदी बहिनी समाज भिक्टोरीया, बाल संसार र एएमसिएसले पनि सहकार्य गरेको छ।
नोट: ग्लेनरोएको कार्यक्रम एएमसिएस र नेप्लिज सिनीयर सिटीजन सोसाईटी मोर्ल्याण्डसँगको सहकार्यमा आयोजना भईरहेको छ भने ईपिङ लालोरको कार्यक्रम नेप्लिज नाईवरहड कम्युनिटी ग्रुपसँगको सहकार्यमा भएको जानकारी गराउँछौ।
बृस्तित जानकारी तलको भिडीयोमा

