१: एनआएनए चुनाबमा उमेदवारको सङ्ख्या चारसयको हाराहारीमा छ जुन सायद अन्य कुनै देशमा थिएन होला।
२: उमेदवारहरुको घोषणा र प्रतीबद्दता हेर्न हो भने नेपालका नेताका घोषणा र प्रतीबद्दाता भन्दा कम छैनन्। अहिले तपाईले बिगतका उमेदवारहरुलाई सोध्नु भयो भने पक्कै मौन रहने स्थिती छ।
३: नेपालमा भन्दा बढि कलाकार त यतै छन्। कोही त पोहोरको तीजमा आएका कलाकार आगुम सम्म पनि यतै देखिन्छन्।
४: नेपालमा कलाकारको खडेरी लाग्ला अहँ अस्ट्रेलीयामा खडेरी कहिलै लाग्दैन।
५: दिनको दुई चार जना कलाकार त सिड्नीको एयरपोर्टमा आवतजात गर्छन् जुन बोरु नेपालमा बिरलै भेटिन्छ।
६: नेता त यता पनि छन् नै त्यो भन्दा बढी तिनका भरौटे, धुपौरे र पछौटे बेपत्तै रुपमा छन्
७: समाजसेवीहरुले त छलाङनै मारेका छन् ।घर र टोलै पिच्छेका समाजसेवीले अस्ट्रेलीयामा समेत प्राथमिकता पाएको छ।
८: कार्यक्रमहरु यसरी जध्छन् कि कतिलाई त अतोपत्तो हुँदैन कहाँ कहिले को कलाकार आएर गए।
९: ट्रेन, चोक या बाटो जता गए नि नेपाली त ठोकिन्छन् नै त्यो भन्दा बढि बा आमाहरु भेटिनु हुन्छ।
१०: झगडा, हानाहान, लाप्पा यता पनि मजैले हुन्छ। झगडा र काण्ड नभएको ईभेन्टनै हुँदैन।
११: बेला बेला काण्ड यता पनि नहुने होईन मात्र नेपाल भन्दा कम मात्रै हो
१२: बिधार्थी मुर्गा नेपाल छँदा न बन्थे र बनाईन्थे यता नि पाए सम्म सँघ सँस्थाले मुर्गानै बनाई रहन्छन्।
१३: आलोकाँचो उमेरमा बिहे गर्ने अनि छोड्न चलन नेपालमा त छँदै छ तर यता आउनलाई बिहे गर्ने सहजताको लागि अनि पछि आ आफ्नो सहजताको लागि पारपाचुके मज्जैले हुन्छ।
१४: अङ्कल र काकाका उमेरकासँग बिहे गर्ने चलन यता पनि नभएको होईन।
१५: माईक भेटे पछि माईकनै नछोडी उभिएका र बसेका मान्छेलाई वाक्वाकी लागिन्जेल भाषण गर्ने नेता यता पनि च्याउ उम्रे सरी नभएका होईनन्।
अरु छन् भने थप्दै जानु होस।

