eNepal

सिड्नीमा काम पाउनु भएको छैन? ‘एजुकेशन एण्ड माइग्रेसन कर्नरले ल्याएको छ कामको अवसर।

देवराज दुलाल, इ-नेपाल
सिड्नी, अस्ट्रेलिया

अस्ट्रेलिया, नेपाली विद्यार्थीको लागि पहिलो गन्तब्य बन्दै आएको छ र दिन प्रतिदिन नेपाली विद्यार्थीहरु अस्ट्रेलिया आउने क्रम जारी छ।अस्ट्रेलिया आइसके पछि हामी सबैले काम खोज्न सुरु गर्छौ र काम पाउन त्यॆति सजिलो भने नभएको धेरै विद्यार्थी को गुनासो सुन्दै आएका पनि छौ तर
क्षमता अभिवृद्धि गराउंँदै तपाईंहरूको श्रमको मूल्य उपलब्ध गराउन सिड्नीमा मुख्य कार्यालय रहेको ‘एजुकेशन एण्ड माइग्रेसन कर्नर सिड्नी’ लागिपरेको ‘एजुकेशन एण्ड माइग्रेसन कर्नरका निर्देशक सुनिल उप्रेती बताउनु हुन्छ।

‘कसरी काम खोज्ने, कहाँ खोज्ने र कस्तो कस्तो काम विद्यार्थीका लागि उपलब्ध हुन्छ भन्ने सुझाव–सल्लाह दिने मात्र नभई उनीहरूको क्षमताअनुसारको काम हामी खोजी दिन्छौँ’, ऐजुकेसन एण्ड माइग्रेन कर्नर सिड्नीका सुनील उप्रेतीले जानकारी दिए । उनी थप्छन्– ‘काम नभएको होइन, तर काम खोज्ने सल्ला सुजाबको कमि र सम्बन्धित निकाय सम्म पुग्न नसक्नु भएकोले विद्यार्थीहरूले काम पाउन गाह्रो भएको हो । हामी सकारात्मक रूपमा पुलको काम गर्छौं । यो कार्यका लागि एजुकेशन एण्ड माइग्रेन कर्नर सिड्नीले काम लगाइदिने वा काम खोजिदिने आधिकारिक अष्ट्रेलियन कम्पनी सँग मिलेर सहकार्य गर्ने भएको छ ।

‘विद्यार्थीहरूको क्षमता हेरेर काम लगाइदिने पहल हामी हामी गर्छौं । जबसम्म उनीहरूले काम पाउँदैनन् तबसम्म हाम्रो पहल जारी रहन्छ । क्षमता अनुरूप विद्यार्थीले काम पाउने हुनाले यो अवसरलाई सकारात्मक रूपमा लिन हाम्रो आग्रह छ । हाम्रो जोसँग सम्झौता भएको छ, त्यो कम्पनिको अष्ट्रेलियामा अन्य धेरै कम्पनी र उद्योगहरूमा आवद्धता छ । त्यसकारण पनि हामी यो कार्यमा अगाडि बढेका हौँ’, उप्रेतीले जानकारी दिए ।

त्यसो त एजुकेशन एण्ड माइग्रेशन कर्नरले विद्यार्थीलाई कुनै काम उपलब्ध गराउनु अघि दुई साता विभिन्न क्षमता अभिवृद्धि प्रशिक्षणको कार्यक्रम पनि राख्दछ भने जो–जहाँ उपयुक्त देखिन्छन् त्यो विद्यार्थीलाई त्यही काम उपलब्ध गराइने छ । हामीले सम्झौता गरेको कम्पनीको सहयोगमा हामीले वर्षको न्यूनतम पनि पाँचसय विद्यार्थीहरूलाई रोजगारी दिन सक्ने हामीसंग सम्झौता गरेको कम्पनीले जानकारी दिएको छ ।

विद्यार्थीहरुमा उसुक्कता र उनीहरुको चासोले गर्दा हामिलाइ येस्ता किसिमका योजना ल्याउन अजै हौसला मिलेको उप्रेतीले भने । यतिबेला विद्यार्थीहरूले राहतको महसुस गरिरहेको पाउदा हामि निकै खुसि छौ र सम्पूर्ण विद्यार्थीलाइ जुन २५ तारिकका दिन इन्द्रेणी फंन्शन सेन्टर रक्ड्लमा इन्फरमेसन सेसनमा सहभागी हुन अनुरोद गर्दाछौ ।

थप जानकारी र रजिष्ट्रेसनका लागि  [email protected] सम्पर्क  गर्न सक्नु हुनेछ

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal