eNepal

खगेन्द्र लामिछाने भन्छन्: मलाई डण्डीबियो खेल्न मज्जाले आउँछ

अभिनेता तथा लेखक खगेन्द्र लामिछानेले डण्डीबियो नेपालको मौलिक खेल भएकाले यसको प्रवर्दन गर्न आवश्यक रहेको बताएका छन्।

 डण्डीबियो फिल्मको टिमले फिल्म निर्माणका साथै यसको तीतमीठा अनुभव आज पत्रकार समक्ष साँटेको छ।

उक्त फिल्मका लेखक समेत रहेका खगेन्द्रले डण्डीबियो खेललाई बिर्सिदै गइएको बताएका छन्। उनले भने,’हामीले त्यसैले पनि यो चलचित्रले बाल्यकालको यादहरु दिलाउनेछ।’

चलचित्रको दौरान आफूले १ महिनाको डण्डीबियो खेल्ने ट्रेनिङ पनि लिएको र अहिले मज्जाले खेल्न सक्ने भएको खगेन्द्रले बताए।

बजारमा लभ स्टोरी बिकिरहँदा खेलको विषयमा बनेको चलचित्र कत्तिको चल्ला? भन्ने प्रश्नमा चलचित्रका निर्माता विनोद गुरुङ भन्छन्,’हामीले अलि पृथक कथामा चलचित्र बनाउने प्रयास गरेका छौँ खेलको विषयमात्र होइन यसमा पारिवारिक कथा पनि रहेको छ, चलचित्र चल्नेमा विश्वस्त छु।’

नेपाली कथानक चलचीत्र डमरुको डण्डीबियो मेल्बोर्नमा पनि प्रदर्शन हुने भएको छ। आगामी ५ मेका दिन मेल्बोर्नको चाईना टाउन सिनेमा हलमा यसको पहिलो प्रदर्शन हुने भएको छ। यसलाई नेप्ले ईभेन्ट्सले प्रदर्शन गर्न लागेको हो। 

फिल्म ‘डमरुको डण्डिबियो’ वैशाख २१ गते रिलिज हुँदैछ। चलचित्रमा अनुप बराल, मेनुका प्रधान, बुद्धि तामाङ आदिको अभिनय रहेको छ। 

 

Related posts

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal

मेल्बर्न निवासी अन्जु अधिकारीको तीजको कोशेली “नाँचौ साथी हो” सार्वजनिक

enepal

A rising star from Galyang: Artist Sundeep K Lohani

enepal

मेल्बर्न निवासी अविनाश न्यौपाने र अस्मिता अधिकारीको आवाजमा ‘तिमी आउने जाने’

enepal