eNepal

नेपाल आईडल-२ प्रस्तोतामा रीमा बिश्वकर्मालाई साथ दिदैछन् अशिफ शाह

नेपालमा चर्चित बनेको रियालिटी शो “नेपाल आईडल” को दोस्रो संस्करणको पनि तयारी सुरु भईसकेको छ । एपिवान टेलिभिजनले भित्राएको दोस्रो संस्करणका लागि प्रस्तोता फाईनल भएका छन् । “नेपाल आईडल २” को होस्ट यसअघिकी प्रस्तोता रीमा बिश्वकर्मासंगै पछिल्लो समय ‘२ रुपैयाँ’ बाट चर्चामा आएका नायक आशिफ शाहले होस्ट गर्ने भएका हुन् ।

नेपाल आइडल’ को पहिलो संस्करणका भिजे सुशिल नेपाल अर्को चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा ब्यस्त रहेकोले आशिफले दोस्रो संस्करणलाई होस्ट गर्ने भएका हुन् । ६ महिनाको लागि अनुबन्धित भएका उनले राम्रै पारिश्रृमिक लिएको पनि चर्चा छ ।

आशिफ यतिबेला डामाडोल चलचित्रको स्क्रिप्ट लेखन कार्यमा व्यस्त रहेका छन् । “नेपाल आईडल २” को अडिसन भने चैत्र ६ गते भैरहवा ,चैत ११ गते धनगढी, बैशाख ३ गते हेटौँडा, बैशाख ८ गते धरान र बैशाख १४ गते पोखरामा हुनेछ । उता प्रस्तोताहरु फाईनल भएपनि “नेपाल आईडल २” का जजहरुको बारेमा भने केही खुलाईएको छैन् ।

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal