eNepal

नेपाल आइडल टप थ्रीलाई भिसा नदिएको कारण कार्यक्रम स्थगित

नेपाल आइडल टप थ्रीले जापान गएर पर्फमेन्स् गर्ने मौकाबाट बन्चीत भएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आयोजनामा ‘हिमालय ल्होसार नाइट’ कार्यक्रम तय भएअनुसार टप थ्री बुद्ध लामा,प्रताप दास र निशान भट्टराई जापान जाने तयारीमा थिए ।तर जापानको दुतावासले भिसा दिन अस्विकार गरेपछि कार्यक्रम स्थगित हुन पुगेको हो ।

कार्यक्रय रद्द भएपछि जापानमा रहने यी आइडलका फ्यानहरुले यिनीहरु संग प्रत्यक्ष भेट्ने अवसर गुमाएका छन् । भिसा उनीहरूका लागि बाधक बनेको छ ।विश्व टुरमा निस्किएका नेपाल आइडलका बुद्ध, प्रताप र निशानलाई जापान प्रेवश गर्न भने जापान सरकारले रोकिदिएको छ ।

बुद्ध, प्रताप र निशानसँगै नेपाल आइडलका प्रतिस्पर्धी सन्ध्या जोशी, केन्जलमेहर श्रेष्ठ, मोडल एलिशा राई, उद्घोषक सुशिल नेपाल पनि जापान जाने तयारीमा रहेका थिए ।आयोजक एनआरएनए जापानले भने विज्ञप्ति निकाल्दै समय अभावका कारण कार्यक्रम स्थगित गर्न बाध्य भएको बताएको छ ।
साभारः २४न्युज

Related posts

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साहको अग्रता कायमै

enepal

दिदीबहिनी समाज भिक्टोरीयाले यस बर्षको अन्तर्राष्ट्रिय महिला दिवस बिशेष तरिकाले मनायो

enepal

विदेशबाट नेपाल आउने स्वदेशी तथा विदेशीसँग खोप कार्ड भए पीसीआर रिपोर्ट नचाहिने

enepal

अभिनेता पल शाह आफैं प्रहरीसमक्ष उपस्थित हुँदै

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

नायक पल शाहविरुद्ध नाबालिगमाथि यौनजन्य अपराध गरेको आरोपमा जाहेरी दर्ता

enepal