eNepal

मेल्बोर्न सङ्गीतमय बन्दै, सुगम सङ्गीतका पारखीहरुलाई एउटै आँगनमा जोड्ने प्रयास

बिदेशको जिवन अत्यन्त व्यस्त हुन्छ। रमाईलो अनि थकाई मेटाउन समय र माहौल त्यति बनि रहेको हुँदैन। व्यस्त समयको बाबजुद केही पल सङ्गीत र साथाभाईसँग भलाकुसारीमा बिताउने मनसाय छ भने साउन्ड्स अफ नेपाल विथ महा गुठी एक अविस्मरणीय साँझ पक्कै बन्नेमा कुनै दुई मत नहोला।

मेल्बोर्नका स्थानीय कलाकारहरुले आउँदो शनिबार २८ अक्टुबर शनिबारका दिन इस्तोनियन हाउसमा “एक साँझ नेपाली सङ्गीतका साथ” नामक एक भब्य साँङ्गितीक कार्यक्रमको आयोजना हुने भएको छ। दर्जनौ कलाकारहरुले प्रत्यक्ष साङ्गितीक ब्याण्डको साथमा प्रस्तुती दिने सो कार्यक्रममा नयाँ तथा पुराना झन्डै २ दर्जन भन्दा धेरै संगीत प्रस्तुत गर्ने भएका छन् ।

प्रवासमा नेपाली संगीतको जगेर्ना गर्ने उद्देश्यका साथ आयोजना गर्न लागेको यो कार्यक्रम अहिले सम्मकै सब भन्दा ठुलो स्थानिय स्तरको कार्यक्रम भएको आयोजनाको सन्योजन गर्नुहुने मेलबर्नका चर्चित गायक अशोक खतिवदाले बताउनु भयो । मेलबर्नमा हुर्किदै गरेको नेपाली नयाँ पुस्तालाई नेपाली संगीत बारे सचेत गराउनुता खातिर यस्ता कार्यक्रम आयोजना गर्नु पर्ने खतिवडाले बताउनु हुन्छ ।

उक्त कार्यक्रममा गीत र संगीतका साथ नेपाली स्वादिस्ट परीकारको समेत व्यबस्था गरिएको सो कार्यक्रम सम्पूर्ण पारिवारिक बातावरण हुने आयोजकले बताउनु भएको छ। प्रबेश शुल्क भने $५० राखिएको छ।पाँच बर्ष देखि पन्द्र बर्ष उमेरका लागि $२० रहेको छ भने पाँच बर्ष मुनीका लागि निशुल्क प्रवेशको व्यबस्था गरिएको छ। ।

आयोजकले मेल्बर्नका नेपाली समुदाएका सदस्यहरुलाई उपस्थित भई स्थानिय प्रतिभालाई प्रोत्साहित गरी नेपाली संगीतको जगेर्नामा सहयोग गर्न अपिल समेत गरिएको छ ।

 

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal