eNepal

नौ डाँडी पारीकी आफ्नी मायाँलु खोज्दै छन् मेल्बोर्न निवासी दिपक परियार

आगा थापाको स्वरमा टिका दाहालको शव्द र सङ्गीत रहेको नौ डाँडा पारी बोलको आधुनीक गीतले दुई दिनमै करिब दुई लाख भ्यु बनाई सकेको छ। बिगत केही बर्षहरु देखी अस्ट्रेलीयामा बस्दै आउनु भएका रचानाकार एवम् सङ्गीतकार टिका दाहालको पछिल्लो प्रयास नौ डाँडा पारी बोलको गीतलाई धेरै सङ्गीत प्रेमीहरुले रुचाई दिनु भएको छ। नौ डाँडा पारीकी आफ्नो मायाँलुको सम्झनामा रचिएको यो गीतलाई अस्ट्रेलीया बिभीन्न रमणिय ठाउँहरुमा छायाँकन गरिएको छ।

लोकप्रीय नायीका केकी अधिकारी र मेल्बोर्न निवासी दिपक परियारले अभिनय गर्नु भएको यो गीतलाई मेल्बोर्न निबासी जिवन रसाईलीले छायांकन,सम्पादन र निर्देशन गर्नु भएको हो। गीत र शव्द खेलाउनमा खप्पीस टिका दाहालले यो गीतलाई पुर्ण रुपमा न्याय दिएका छन्। गीत राम्रो बन्न शव्द, सङ्गीत र स्वरको अलाबा आजकाल गीतको भाव झल्किने कथा भएको भिडीयो हुन जरुरी भएको छ। यसमा जिवन रसाईलीको निर्देशनमा केकी र दीपकको अभिनयले झन् उत्कृष्ठ बनाएको छ। गोल्डेन कङ्गार फिलीमले तयार पारेको नौ डाँडा पारीलाई बुढा शुव्वा म्युजीकले बजारमा ल्याएको हो।

 

 

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal

प्रकृती श्रेष्ठ र पल अभिनीत “तिमीनै साहारा” बजारमा

enepal