eNepal

आखिरी सही गलाको पहिचान कहाँ पो गर्थ्यौ र!!!

आखिरी एक जनाले हो नेपाल आईडलको टाईटल पाउने। हरेक हप्ता अब यसरिनै पालै पालो आ आफ्नो मन पर्ने कलाकारलाई बिधाई गर्नै पर्छ। हरेक हप्ता आफ्नो मन पर्ने कलाकार नेपाल आईडलबाट निस्कदा फेशबुकमा रिसका आवेग आउनु स्वभाविक हो।

तपाई भोट के को आधारमा दिनु हुन्छ। उसको स्वरको आधारमा की उसको स्टाईलको आधारमा। उसको बिगतको सङ्घर्षको आधारमा कि पारिवारीक पृष्ठभुमीको आधारमा। आफ्नो शहरको प्रतीनिधीत्व गर्ने आधारमा कि उसको जातित्वको आधारमा। जित्नु र जिताउन बिल्कुलै फरक कुरा हुन्। गलाको सहि पहिचान गरेर भोट दिनुको साटो हाम्रोलाई कतै भोट त दिई रहेका छैनौ। नेपाल आईडल पाउनु ठुलो कुरो पक्कै होईन तर त्यस पछिको निरन्तरता के मैलै भोट दिएको कलाकारले गर्न सक्छ त्यो मुख्य कुरो हो।

आज सुरज थापा नेपाल आईडलबाट बाहिरीए। किनकी उसले भोट पाएनन्। भोट किन पाएनन्। लुक्स नराम्रो भएर हो! कम बोल्ने भएर हो, भावुक भएर गीत गाएर हो या भोटको लागि पैसा खर्च गर्न नसकेर हो। के उसको स्वर अरु प्रतीस्पर्धी भन्दा कमसल थियो र!!!

हामी नेतालाई भोट दिदाँ आफ्ना र हाम्रालाई भोट दिन्छौ अनि भोली केही काम नगरे पछि आफै बिरोध गर्न अगाडी सर्छौ। हिजो भोट दिँदा काठमाण्डौलाई क्लिन सिटी बनाउछु भन्ने मेयर ज्यु आज मैले ठेक्का लिएको छु र क्लिन सिटी बनाउने भन्दै भाषण दिनु हुन्छ। अनि हामीनै आज फेशबुकमा गाली गर्छौ। हिजो भोट दिने बेलामा सोच्नु भएन कि को चाँही राम्रो अनि को चाँही नराम्रो भनेर।

अब अर्को हप्ता निशान भट्टराई आउट होलान् किनकि उनी पुर्वी नेपालका परे। बाढीको चपेटामा छ पुर्वी नेपाल। समयमा बत्ती आउँदैन। ईन्टर्नेट नचल्ला। अव त्यहाँका मान्छोले भोट नदिएकै कारण आउट भए भने के उनी माथी न्याय हुन्छ ???

के तपाईलाई लाग्दैन निशान भट्टराई नेपाल आईडल हुन लाएक छन् भनेर। सङ्गीतलाई बुझेका लाखौ दर्शक श्रोताले उनीको स्वरको तारीफ गरि सकेका छन्। उनी अहिले लाखौको मनमा बस्न सफल पनि भई सकेका छन्। तर हामी केबल मन पराउँछौ तर भोट हाल्दैनौ जसको कारण राम्रो कलाकारहरु यसरीनै निस्कीन्छन्।

फेरी अरु प्रतीस्पर्धी नराम्रो भन्न चाँही खोजिएको पक्कै होईन। सबै आफ्नो ठाउँमा उत्कृस्ट होलान् तर के तपाईले सहि न्याय गर्नु भएको छ। एकचोटी सोच्नु होस्। फेरी जिन्दगी भरी एउटै ट्याग नेपाल आईडल मात्र बनाउन भन्दा भोली गएर गायकको दर्जा लिई राख्ने कलाकारलाई भोट दिउँ। सही गलाको पहिचान गरौं।

Related posts

ग्रामपियन्स यात्रा सस्मरण- ग्रामपियन्स जंगलमा ॐकार ध्वनिको गुन्जन

enepal

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

लोक दोहोरी “खोलीको पानीमा” मेल्बर्न निवासी अन्जु अधिकारीको अभिनय

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

मेल्बर्न निवासी विश्व गौडेलको अर्को बेजोड प्रस्तुती मुनाको चर्चा बजारमा

enepal