मोडलिंग हुदै ड्रिम्स चलचित्र बाट सिने नगरीमा प्रबेस गरेकी साम्राज्ञी राज्यलक्ष्मी शाह थोरै समयमा निकै धेरै चर्चा बटुल्ने कलाकारहरुको सुचिमा पर्दछिन | सर्बप्रथम उनको चर्चा उनको नामको पछाडी लागेको राजखान्दानको ट्यागबाट सुरु भयो | साहबशी परिवार बाट फिल्म क्षेत्रमा बिरलै मात्रमा भेटिने हुनाले पनि साम्राज्ञको चर्चा चुलिनु अनौठो भएन | ड्रिम्स रिलिज भयपस्च्यात भने उनको कामको बडी प्रसंसा हुन थाल्यो | अनमोल र साम्राज्ञीको जोडीले बक्स अफिस हल्लायो भनेपनि हुन्छ | ड्रिम्सको ट्रेलर रिलिज हुदा उनको आवाजलाई लिएर गरियका थोरै टिका टिप्पणीहरु बाट डराएकी साम्राज्ञी ,चलचित्र रिलिज भयेपस्च्यात खाली बस्नुपरेको छैन | अझ भन्नु पर्दा सबै भन्दा महँगो पारिश्रमिक लिने हेरोईन भन्ने कुरा पनि सुन्नमा आएको छ |
ड्रिम्स पश्च्यात उनले झरना थापाको ‘य मेरो हजुर २’ नामक चलचित्रमा काम गरेकी थिइन | उक्क्त चलचित्रको २ वटा गीतहरुमा साम्राज्ञीको काम हाम्रो दर्सकहरुले अत्त्यधिक रुचाउनु भएको छ | अहिलेका युवापिढीहरुको पहिलो रोजाई भन्दा फरक पर्दैन साम्राज्ञीलाई | ‘ए मेरो हजुर २ को ‘ टाइटल गीतबाट अझ बढी दर्सको रोजाइमा परेकी उनि ‘किनिदेउन साईला दाई ‘ पछि भने दर्सकहरुको नजरमा जम्न सफल भएकी छिन | अहिले दर्सकहरु साम्राज्ञीको चलचित्र प्रदर्सन मिति गनिरहेका छन् |
आफ्नो बेस्ततालाई अगाडी बढाउदै गर्दा उनले काम गरेको अर्को चलचित्र “तिमि संग” को लडे लडे समाउ मलाई भन्ने गीतपनि भर्कर मात्र प्रदर्सन भएको छ | जसबाट साम्राज्ञीको फिल्मी जीवनमा अर्को इटा थपिएको छ | दर्सकले उनको सुन्दरतासंगै उनको अभिनयकोपनि मज्जाले तारिफ गर्दै छन् |

