क्विन्सल्याण्ड, अस्ट्रेलिया । गत २४ घण्टाको अवधिमा क्विन्सल्याण्डमा कोरोना भाइरसका ५ जना संक्रमित थपिएका छन ।
पछिल्लो २४ घण्टामा २६ हजार ३ सय ९४ जनाको कोरोना परीक्षण गर्दा थप ५ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै हाल सक्रिय संक्रमितको संख्या १ सय ५३ पुगेको छ । त्यस्तै अहिलेसम्म ३६ लाख ८२ हजार ४ सय ७ जनाको कोरोना परीक्षण गरिएको छ । आज थपिएका संक्रमित मध्य १ जना बाहिरी र बाकि ४ जना स्थानीय रहेका छन ।
स्वास्थ्य विभागका अनुसार हालसम्ममा १ हजार ७ सय ३६ जना कोरोना मुक्त भएका छन । त्यसैगरी गत २४ घण्टामा ३ हजार ५ सय २३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यस संगै आजसम्म कोरोना विरुद्धको खोप लगाउनेको संख्या १० लाख ५ हजार ४ सय ५२ पुगेको छ ।

