eNepal

कोरोना अपडेट: क्विन्सल्याण्डमा गत २४ घण्टामा ४० हजार बढीको परीक्षण

क्विन्सल्याण्ड। पछिल्लो तथ्यांक अनुसार क्विन्सल्याण्डमा १३ जना कोरोना संक्रमित थपिएका छन ।

पछिल्लो २४ घण्टामा ४० हजार ८ सय ३५ जनाको कोरोना परीक्षण गर्दा १३ जना स्थानीयमा संक्रमण पुष्टि भएको हो । यस संगै अहिलेसम्म कूल संक्रमितको संख्या १ हजार ९ सय ९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ सय ४४ रहेको छ । सोहि अवधिमा १३ हजार ५ सय ७३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन । यो सहित हाल सम्म खोप लगाउनेको संख्या ९ लाख ९३ हजार २ सय ७८ पुगेको छ ।

प्राप्त जानकारी अनुसार हाल सम्म १ हजार ७ सय २७ जना उपचार पछि निको भएका छन । त्यस्तै ७० जना अझै पनि अस्पतालमै छन । यसैगरी आजको दिन सम्ममा कोरोना परीक्षण गराउनेको संख्या भने ३६ लाख २९ हजार ७ सय २७ पुगेको छ ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal