अस्ट्रेलिया। गत २४ घण्टामा न्यु साउथ वेल्समा २ सय ९ जना कोरोना संक्रमित फेला परेका छन।
गत २४ घण्टामा गरिएको १ लाख १७ हजार ९ जनाको कोरोना परीक्षणमा २ सय ९ जनामा कोरोना भाइरस(कोभिड-१९) को संक्रमण पुष्टि भएको हो। उक्त १ सय ९ जना कोरोना संक्रमित मध्य २ जना भने बाहिरका र बाकी १ सय ७ जना स्थानीयहरूमा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यसैगरी सो अवधिमा १ जना ९० वर्षीय वृद्धले कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाएका छन। त्यस्तै भिक्टोरियाको स्वास्थ्य विभागले जानकारी दिए अनुसार भिक्टोरियामा पछिल्लो २४ घण्टामा साढे २१ हजार जनाको कोरोना परीक्षण गरिएको छ । उक्त परीक्षण गर्दा भिक्टोरियामा पछिल्लो २४ घण्टामा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

