अष्ट्रेलिया । पछिल्लो २४ घण्टामा मात्रै न्यु साउथ वेल्समा थप नयाँ कोरोना भाइरसका संक्रमित फेला परेका छन ।
न्यु साउथ वेल्समा गत २४ घण्टाको अवधिमा २ सय १२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्री ब्राड हाजार्डले जानकारी दिए अनुसार उक्त अवधिमा २ जना बाहिरका सहित २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उक्त २ सय १२ जना संक्रमित मध्ये ८१ जना साउथ वेस्टर्न सिड्नीका र ७२ जना वेस्टर्न सिड्नीका भएको जानकारी दिइएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ जना ज्यान गुमाएका छन । यो संगै हालसम्म न्यु साउथ वेल्समा मात्रै कोरोना संक्रमणका कारण ६९ जनाले ज्यान गुमाएका छन । सो अवधिमा न्यु साउथ वेल्समा गरिएको १ लाख ५ हजार ९ सय ६३ जनाको कोरोना परीक्षणबाट त्यति संक्रमित भेटिएका हुन् ।

