अष्ट्रेलिया । गत २४ घण्टामा मात्रै न्यु साउथ वेल्समा थप १ सय ७२ जना नयाँ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
९५ हजार ४ सय ४६ जनाको कोरोना परीक्षण गर्दा उक्त १ सय ७२ जनामा कोरोना पोजेटिभ देखिएको न्यु साउथ वेल्सको स्वास्थ्य विभागले जानकारी दिएको हो । दिन प्रति दिन बढ्दै गइरहेको कोरोना भाइरसको संक्रमणका कारण अष्ट्रेलियामा २०२२ को अन्तसम्म पनि लकडाउन लागु गर्नुपर्ने तयारीसम्म सरकार पुगिसकेको समेत जानकारी दिइएको छ ।
गत २४ घण्टाको अवधिमा थपिएका संक्रमित मध्ये २ जना भने बाहिरका केस हुन् भने बाकि १ सय ७० वटा स्थानीय केसहरू भएको विभागले जानकारी दिइएको छ । त्यसैगरी सो अवधिमा कोरोना संक्रमणका कारण थप एक जनाले ज्यान गुमाएका छन। यो संगै सालसम्म न्यु साउथ वेल्समा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६९ जना पुगेको हो ।

