eNepal

टोकियो ओलम्पिकमा अष्ट्रेलियाले तेश्रो स्वर्ण पदक हात पार्न सफल

टोकियो ओलम्पिकमा अष्ट्रेलियाले तेश्रो स्वर्ण पदक हात पार्न सफल भएको छ।

स्याली फिट्जिबोन्सले अष्ट्रेलियाका लागि तेश्रो स्वर्ण पदक जितेकी हुन् । मंगलबार भएको खेलबाट अष्ट्रेलियाले आफ्नो खातामा स्वर्ण पदकको संख्या तीन पुर्याएको हो । फिट्जिबोन्सले १ सय मिटर ब्याकस्ट्रोक पाैडीमा स्वर्ण पदक जितेकी हुन् ।

उनले अमेरिकाकी केटी लेडेकीलाई पछि पार्दै स्वर्ण जितेकी हुन्। टोकियो ओलम्पिकमा अष्ट्रेलियाले ३ स्वर्ण, १ रजत र ३ कास्य गरी ७ पदक जितेको छ । अष्ट्रेलियाले टोकियो ओलम्पिकमा पहिलो स्वर्ण पदक ४०० मिटर रिले फाैडीमा जितेको थियो । ब्रोन्ट क्याम्पबेल, मेग ह्यारिस, इम्मा म्याक्केयन र केट क्याम्पबेलले विश्व रेकर्ड राख्दै अष्ट्रेलियालाई स्वर्ण दिलाएका थिए । उनीहरूले ४०० मिटर रिले ३ मिनेट २९ सेकेन्ड ६९ मिलिसेकेन्डमा पुरा गरेका थिए । त्यस्तै, अष्ट्रेलियाका लागि ४०० मिटर फ्रिस्टाइलमा आरियार्न टिटमसले दोश्रो स्वर्ण जितेकी थिइन् ।

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal