eNepal

समस्यामा परेका ८ सय बढी नेपाली विद्यार्थीहरुलाई येती फुटबल क्लबको सहयोग

अस्ट्रेलिया। येती फुटबल क्लबले समस्यामा परेका भिक्टोरियाका नेपाली विद्यार्थीहरुलाई सहयोग प्रदान गरेको छ।

मेलबर्न स्थित येती फुटबल क्लबका अध्यक्ष राज शर्माका अनुसार कोरोना महामारी सुरु भए लगतै लकडाउन पछि समस्यामा परेका ८ सय भन्दा बढी नेपाली विद्यार्थीहरुलाई क्लबले अहिलेसम्म खाद्य सहयोग प्रदान गरिसकेको छ। भिक्टोरिया सरकार, शरणार्थी संस्था र निजी व्यवसायहरुको सहयोगका साथ् दाल, चामल, तेल र चाउचाउ लगायतका आधारभूत खाद्य सामग्री वितरण गरिएको शर्माले बताउनु भयो।

शर्माले बताए अनुसार कोरोनाले निम्त्याएको समस्या पछि आफ्ना क्लबका खेलाडीहरुलाई राहत सहयोग वितरण गर्दै सुरु भएको आफ्नो यो अभियान भिक्टोरियामा रहेका अन्य नेपाली विद्यार्थीहरुलाई पनि सहयोग प्रदान गरिएको हो।

 

Related posts

यसरी मनाईयो मेल्बर्नमा ‘एभरेस्ट डे’ अर्थात सगरमाथा दिवस

enepal

न्याभ एक्सिलेन्सी अवार्ड हुँदै, मनोनयन फारम भर्ने अन्तिम मिती ६ मार्च सम्म

enepal

के एउटा साथी छ त???

enepal

आइसोलेसनमा रहेका बीस जनालाई बाडियो दशै कोशेली, खसी जिते सिद र विदुरले

enepal

पैसाले के गर्नु छोरी, तँ नै नभएपछि

enepal

मौलिकता झल्कने तीजका गीतमा छमछमी नाचे डेभनपोर्टका नेपालीहरु

enepal